
जनार्दन अर्याल काठमाडौ । पर्यटनको सेवा सुविधा भन्नाले यातायात,आवास, खाना, मनोरञ्जनको साधन आदी हुन् । यसका साथै दृश्यावलोकन, पदयात्रा, पर्वतारोहण,जलयात्रा,सम्वन्धि सूचना आदि सेवाहरु पर्दछन् । घुम्न नया गनतव्यको खोजि,अनुसन्धान गर्न,र घार्मिक एतिहासिक तथा पुरातात्वीक सम्पदा हेर्न, जंगली जनावरहरु हेर्न र शिकारखेल्न समेत पर्यटकहरु एक ठाउँ बाट अर्को ठाउँमा जान्छन् ।
हाम्रो देशमा पर्यटकको परिभाषा अचम्मको छ । विदेशी बाहेक एकठाउँ बाट अर्को ठाउँमा घुन्म जाने नेपालीहरु लाई पर्यटक भन्ने चलन छैन तर चितवन र पोखराको पर्यटन वजार ८ं प्रतिशत आन्तरीक पर्यटकले धानेको छ भन्दा पत्याउने कोहि छैन । विदेशि पर्यटक निश्चीत उद्येश्यका लागि निश्चीत रकम वोकेर आएको हुन्छ र पैसा जोगाउन एक वोतल पानी र एक पाउण्ड पाउरोटिको भरमा पनि भ्रमण गर्छन तर आन्तरिक पर्यटक आफु पुगेको ठाउँमा भनेजस्तो सुविधा पायो भने जति पनि खर्च गर्न तयार हुन्छ । आन्तरिका पर्यटकले भ्रमणको लागि छुट्याएको रकम भन्दा वढि रकम वोकेर निस्कन्छ पाल्पा पुग्ने जो कोहिले टोपी किनेकै हुन्छ ,कालिकोट पुग्नेले सिमी जुम्ला पुग्नेले ओखर, इलाम पुग्नेले चिया–अलैँचि किनेकै हुन्छ । आन्तरिक पर्यटकले गर्ने खर्चको अनुपातमा वाह्य पर्यटक (केहीं) वाहेक ले खर्च न्यून हुन्छ । विदेशि मुद्राको लोभमा आन्तरिक पर्यटकलाई स्विकार नगर्ने हो भने व्यवसायनै घरापमा पर्न सक्छ ।
यी त भए व्यवसायका कुरा । नेपाल हिमाल, पहाड र तराईको संगम हो । ८—१० प्रमुख शहर वाहेक गाउँ धेरै भएको हुँदा सवै ठाउँमा ठूला पर्यटक स्तरिय होटल खोल्न सम्भव छैन । शहरमा होटल र गाउँ गाउँमा घरवास कार्यक्रम चलाउन सके जनताको जीवनस्त उकास्ने भरपर्दो माध्यम हुन सक्छ । घरवास कार्यक्रम चलाउन कुनै ठूलो पूँजिको र व्यवस्थापनको आवश्यकता पनि पर्दैन । यसको लागि चाहिने कच्चापदार्थ विदेशवाट आयात गर्न पर्दैन । सुत्नेकोठा सफा चर्पि र नुहाउनेठाउँ भए पुग्छ र पाहुना सुताउन छुट्टै घर वनाउन सके राम्रै हो नसके आफ्नै घरको कोठालाई चिटीक्क पारे पुग्छ ।
वजारवाट नुन,तेल र मसला वाहेक केहि किनेर पाहुनाको लागि ल्याउनु पर्दैन । सकेसम्म देशीमल नहालेको आफ्नै वारीको सागशव्जी , माछा,मासु घरैमा छ भने राम्रो नभए छिमेकमा भएको गाउँकै स्थानिय उत्पादन को प्रयोग वढि होस् । गाउँकै उत्पादन प्रयोग गर्दा आफुले पाएको रकम गाउँमै रहन्छ । पाहुनाको सत्कार र व्यवहारको विषयमा नेपालीलाई सिकाउनै पर्दैन पकाउने तरिका वारे ज्ञान हुनै पर्दछ । विदेशी र नेपाली को जिव्रो स्वाद फरक हुन्छ । यसको लागि गाउँ पर्यटन प्रवद्र्धन मञ्च या घरवास संघ संग सम्पर्क गर्न सकिन्छ आवश्यक तालिम र तरिका सिकाउँछन् । मलको थुप्रोमा रायो र मूला उमार्न सकिन्छ, कुखुरा सकेसम्म लोकल आफैँ पाल्ने । शहरमा देशीमल प्रयोग गरेर फलाएको रायो र मूला खाएर जिव्रो पाछेकाहरुको लागि यसको स्वाद अमूल्य हुन्छ ।
नेपाली या विदेशी जसलाई पनि सागसव्जी टिप्न वारि देखाइ दिएर उनीहरुलाई नै टिप्न लगाउँदा उनिहरुको लागि यो जति रमाइलो र अविश्मरणिय क्षण अरु हुँदैन । कसैले नयाँ खानेकुरा मागेमा तपाईँलाइ पकाउन आउँदैन भने धक नमानी आउँदैन भन्नुहोस । उनिहरु आफैँ पकाउन अघि सर्छन भने चुलो छोडि दिनु त्यो पाहुनाले तपाईले सोचे भन्दा वढि रकम खर्च गर्छन् । आन्तरिक पर्यटक शहरको धुलो,धुवाँ र कोलाहाल वाट मुक्त गाउँको सौन्दयको रसास्वादन गर्न आएको हुन्छ । पाहुनाको स्वागत गर्ने हाम्रो परम्परानै हो । दिलखोलेर स्वागत गर्नुहोस् उसले मन खोलेर खर्चगर्छ । यतिमात्र होइन तपाईँ संग विदा भएर जाने वेलामा तपाईँका केटाकेटीलाई चक्लेट खाने खर्च समेत छोड्छ मात्र तपाईँले रिझाउन सक्नु पर्दछ ।
बेलुकि सुत्नु अगाडि स्थानिय संस्कृति झल्कने भेषभुसामा नाचगान गरि मनोरञ्जन गराउने व्यवस्था मिलाउनोस् । विहान उठ्नासाथ नजिकको डाँडा, वन जंगल घुमाउनोस् । गाउँको इतिहास,भूगोल र पुरातात्विक स्थलको वरेमा जानकारि दिँदा सुनमा सुगन्ध हुन्छ ।
लेखक आन्तरिक भ्रमणको सिलशिलामा लुम्विनी देखि श्वर्गव्दारी सम्म सोसाइटी अफ टुर एण्ड ट्राभल्स संग भ्रमण गर्दा प्यूठानको सौतामारे भन्ने ठाउँमा पुग्दा रातको १२ वजेको थियो। हामी चढेको वसको पछाडिको दुवै चक्का खाल्टोमा खस्यो । वसमा हामी १५ जना थियौँ उपाय केहि थिएन । वसवाट ओर्लिएर वरि परिको पत्कर वटुलेर आगो सल्कायौं हाम्रो टोलिमा हाल प्रधानमन्त्रिका प्रेस सल्लाहकार सूर्य थापा पनि हुनु हुन्थ्यो । उहाँले सौतामारेको इतिहास सुनाउनु भयो । ७ दिनकी श्रीमतीका श्रीमानले सौता ल्याएछन् । उनले पनि रिस खप्न नसकेर सौता मारेर पोखरि नजिक पुरीछन् त्यसवेला देखि गाउँको नामनै सौतामारे रहन गयो ।
यस्तै वुटवलजाने वाटोको चोरमारा , कभ्रेमो ढुंखर्क र सुन्सरीवाट धरान जानेवाटोको विचमा पर्ने चारकोषे झडी को भिन्दै कथा छ । कतै तपाईँको गाउँको नाम पनि यस्तै रोचक घटनाकै आधारमा रहन गएको हो की ? कथा सुनाउनुहोस् पाउनाको लागि रोचक हुन सक्छ । यस्ता किंवदन्तीहरु खाोज तथा अनुसन्धान गर्ने पर्यटकका लागि महत्वपूर्ण खुराक हुन सक्छ । गाउँलाई खुल्ला किताव वनाउनुहोस् पर्यटकहरु यहि पढ्न आउँछन् ।


