दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

दैलेखबाट सुर्खेततिर जाँदै गरेको जीप सुर्खेतको राउटे गल्छीमा दुर्घटना हुँदा तीन जनाको मृत्यु

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ फाल्गुन २१ गते, बुधबार १४:५०

दैलेख । दैलेखबाट सुर्खेततिर जाँदै गरेको जीप सुर्खेतको राउटे गल्छीमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । रातानाङला –धरमपोखरा सडकखण्डको विरेन्द्रनगरनगरपालिका १५ राउटे गल्छीमा दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार दुई जनाको घटनास्थलमा एकजनाको उपचारको लागि सुर्खेत जाँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले दैलेखले जनाएको छ । घाइतेको उपचारको लागि सुर्खेत पु(याई उपचार भइरहेको छ । मृत्यु हुनेमा दुईजना पुरुष र एक जना महिला हुन् ।
मृत्यु हुनेमा चिङ्गाड गाउँपालिका –६ बस्ने अन्दाजी ५५ वर्षीय देवबहादुर खड्का, वीरेन्द्र नगरनगरपालिका–१५ का अन्दाजी ४५ वर्षीय खड्ग बहादुर बुढाथोकी र उनकी श्रीमती अन्दाजी ४० वर्षीया गोमा बुढाथोकी रहेका छन् । दुर्घटनामा परी चार जना घाइते भएका छन् । कर्णाली प्रदेश ०२–००१ ज ००७ नम्बरको जीप अनियन्त्रित भई सडकबाट चारसय मिटर तल खसेको केसीले बताए । जीपमा सात जना सवार थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु