दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

भारत रोजगारीको लागि जाने प्रत्येक नेपालीको श्रमसम्झौता हुनुपर्छ ः आचार्य

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ फाल्गुन २१ गते, बुधबार १९:५२

काठमाडौं, २१ फागुन । प्रवाशी नेपाली लालीगुराश समन्वय समिति, बैंग्लोरका संस्थापक अध्यक्ष तथा समाजसेवी दिलिप आचार्यले भारतसँगपनि नेपाल सरकारले श्रम सम्झौता गरेर कामदार पठाउनुपर्ने सुझाव दिएका छन् । अन्य देशमा जाने युवाहरुजस्तै भारत रोजगारीमा जाने युवाहरुको लागि यो व्यवस्था तत्काल लागु गर्नेपर्ने उनको माग छ ।
बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर उनले यस्तो बताएका हुन् । उनले आफूमाथिपनि श्रमशोषण भएको दुःखेसो पोखे । अन्य मुलुकमा श्रमको लागि जाने युवाहरुकोजस्तै भारतमापनि ओभर टाईम काम गरेको भए त्यसको उचित मुल्यांकन हुनुपर्ने उनको सुझाव छ ।
फरक प्रसँगमा उनले समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफूलगायत सबै शीर्ष नेता, पूर्व प्रधानमन्त्रीहरु र वर्तमान प्रधानमन्त्रीको पनि सम्पत्ति छानबिन गर्नुपर्छ भनेर संसदमा बोलेको कुरा स्वागतयोग्य भएको भन्दै तत्काल यो लागु गर्न माग गरे ।
उनले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहलाई राजनीतिक रुपमा किन प्रतिबन्ध लगाईयो ? भनेर प्रश्न समेत गरे । त्यस्तै, सामाजिक अभियन्ता ज्ञानेन्द्र शाहीजस्तो स्वतन्त्र व्यक्तिमाथि प्रहरी प्रशासनले धरपकड किन गरेको छ भन्दै अर्को प्रश्न उठाए । शाहीलाई निर्वाध रुपमा आफ्ना कामहरु गर्न दिनुपर्ने उनको भनाई छ ।
टिभी कार्यक्रम प्रस्तोता रवि लामिछाने राम्रो मान्छे भएको सुनाउँदै उनको कारण धेरै नेपालीहरुको उद्धार र भलाई भएको पनि आचार्यले तर्क गरे । उनले भने,‘तर, उहाँलाई किन दुःख दिईयो ?’ उनले भारतसँगको सीमा विवादपनि जतिसक्दो चाँडो समाधान गर्न सरकारसँग आग्रह गरे ।
कार्यक्रममा अर्का सामाजिक अभियन्ता हेमन्त थापाले आचार्यले उठाएका सवालहरु जायज रहेको भन्दै यसतर्फ सरकारको ध्यान जानुपर्ने बताए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु