दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

देशका केही स्थानमा आज चट्याङसहितको पानी पर्ने सम्भावना

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ फाल्गुन २२ गते, बिहीबार ९:०४

काठमाडौं, फागुन २२। पश्चिमी वायुको प्रभाव बढ्दैजादा देशका केही स्थानमा आज चट्याङसहितको पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।बिहिबार देशको पुर्वी तथा मध्य पहाडी भूभागमा आंशिक देखि सामान्य बदली र पश्चिमको पहाडी भूभाग आंशिक बदली रहेको महाशाखाद्वारा जारी सन्देशमा उल्लेख छ।

मध्य तथा पुर्वी पहाडी भूभागका थोरै स्थानहरुमा र पश्चिमी पहाडी भूभागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको जनाइएको छ ।

मध्यायनपछि देशको पुर्वी तथा मध्य पहाडी भूभागमा आंशिक देखि सामान्य बदली र पश्चिमी पहाडी भूभाग आंशिक बदली रहनेछ। तराई भूभाग सामान्यतय सफा रहने छ। मध्य तथा पुर्वी पहाडी भूभागका थोरै स्थानहरुमा र पश्चिमी पहाडी भूभागका एक दुई स्थानमा मेघ गर्जनरचट्याङ सहित वर्षाको सम्भावना रहेको छ।

आज राती देशको पुर्वी तथा मध्य पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही पश्चिमी पहाडी भू९भाग आंशिक बदली रहनेछ। तराई भूभाग सामान्यतय सफा रहने छ। मध्य तथा पूर्वी पहाडी भू९भागका एक दुई स्थानमा मेघ गर्जनरचट्याङ सहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु