
काठमाण्डौं । फागुन २२ । जिल्ला प्रशासन कार्यालय काठमाण्डौंले कोरोना भाइरसको विश्वव्यापी महामारीबाट बच्नको लागि मानिसहरु भेला गराई सभासमारोह, उत्सब र कार्यक्रमहरु नगर्न आग्रह गरेको छ ।
जिल्ला प्रशासन कार्यालयले आज सुचना जारी गरी त्यस्ता कार्यक्रमहरुमा नजान सर्वसाधारणहरुलाई समेत आग्रह गरेको छ ।


