दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

राष्ट्रव्यापी कुङफु शनिबारदेखि

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ फाल्गुन २३ गते, शुक्रबार ७:५६

काठमाडौं, फागुन २३।
बाल विकास बोर्डिङ हाइ स्कुलको आयोजनामा प्रथम बाल विकास राष्ट्रव्यापीH अन्तरविद्यालय कुङफु प्रतियोगिता शनिबारदेखि हुने भएको छ ।
आयोजक बाल विकासको २५ औं स्थापना दिवसका अवसरमा हुन लागेको प्रतियोगितामा सान्डामा २० र थाउलोमा १२ गरी ३२ स्पर्धामा प्रतिस्पर्धा हुने बाल विकासका प्रिन्सिपल महेशकुमार श्रेष्ठले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । विभिन्न ४२ विद्यालयका करिब ४ खेलाडीको सहभागिता रहने छ ।
उपत्यका बाहिरबाट आउने खेलाडीलाई खाना र बस्न आयोजकले व्यवस्था गर्ने छ । बूढानीलकण्ठ नगरपालिका वार्ड नं. १, ३ र ५ को प्रायोजनमा हुन लागेको प्रतियोगिताका खेलहरु बूढानीलकण्ठस्थित आयोजककै हातामा हुने छ । दुईदिने प्रतियोगितामा नेपाल कुङफु संघको प्राविधिक सहयोग रहने छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु