
काठमाडौ ।मिति २०७६÷११÷२२ गते माननीय युवा तथा खेलकुद मन्त्रीज्यूको अध्यक्षतामा हालै मात्र व्याप्त कोभिड १९ (नोभल कोरोना भाईरस) ले पार्ने प्रभाव एवं जोखिमलाई के कसरी न्यूनीकरण गर्न सकिन्छ भन्ने बिषयमा बैठक सम्पन्न भयो । त्यसैगरी हालको अवस्थामा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल प्रतियोगिताहरु सञ्चालन गर्ने सम्बन्धमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नीतिगत निर्णयको सिमा भित्र रही युवा तथा खेलकुद मन्त्रालयसँग समन्वय गरी परिषद्ले सम्पूर्ण खेल संघ,संस्थाहरु तथा सरोकारवालाहरुलाई सोही अनुरुप गर्न गराउन आवश्यक व्यवस्था मिलाउने सम्बन्धमा समेत निर्णय भएको व्यहोरा अनुरोध गर्दछु ।
यसै सम्बन्धमा राष्ट्रिय खेलकुद परिषद्को समेत ध्यान आकर्षण भई उक्त नोभल कोरोनाको संक्रमण हुन सक्ने अति संवेदनशिलतालाई ध्यानमा राखी गोष्ठी, सेमिनार, पाटी, मेला, सपिङ्ग कम्प्लेक्स्, सिनेमा हल, कुनै पनि खेलकुद वा मनोरञ्जनका कार्यक्रमहरु लगायतका भिडभाड हुने स्थलहरुलाई संक्रमण हुनसक्ने संवेदनशिल स्थलको रुपमा लिईएको हुँदा परिषद् र अन्तर्गत सञ्चालन गरिने अत्याधिक भिडभाड हुने सबै किसिमका खेलकुदका प्रतियोगिता लगायतका, कार्यक्रमहरु अर्को सूचना प्रकाशित नभएसम्म सम्भव भएसम्मका कार्यक्रमहरु स्थगित गर्न यसै विज्ञप्ती मार्फत सूचित गरिन्छ ।
कुल बहादुर थापा
प्रमुख
प्रशासन विभाग


