
काठमाडौं – चलचित्र ‘चपली हाइट ३’को टिजर सार्वजनिक भएको छ। फिल्मलाई निकेश खड्काले निर्देशन गरेका हुन् । अर्जुन कुमारको निर्माण रहेको फिल्ममा स्वस्तिमा खड्का, आमिर गौतम, सुपुष्पा भट्ट, महेश त्रिपाठी शीर्ष भूमिकामा छन्।
त्यस्तै प्रतीकमान श्रेष्ठ, अर्पण थापा, दीपाश्री निरौला, लक्ष्मी वर्देवा, लोकेन्द्र लेखक लगायतको पनि अभिनय छ। चलचित्रमा सुभाष भुषाल र अर्जुन कुमारको संगीत, अष्ट महर्जनको एक्सन, पुरुषोत्तम प्रधानको छायांकन तथा दिर्घ खड्काको सम्पादन छ। फिल्मलाई आकाश वरालले लेखेका हुन् ।
‘चपली हाइट’को अघिल्ला दुई सिरिज दीपेन्द्र के. खनालले निर्देशन गरेका थिए।


