दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

सुजना लोहनीले हेरामाया श्रेष्ठ स्मृति राष्ट्रव्यापी महिला बुद्धिचाल प्रतियोगितामा शुक्रबार विजयी सुरुआत

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ फाल्गुन २३ गते, शुक्रबार १९:३८

काठमाडौ ।सुजना लोहनीले हेरामाया श्रेष्ठ स्मृति राष्ट्रव्यापी महिला बुद्धिचाल प्रतियोगितामा शुक्रबार विजयी सुरुआत गरेकी छन् ।
काठमाडौं जिल्ला बुद्धिचाल संघद्वारा आयोजित प्रतियोगिताको पहिलो चरणको खेलमा सुजनाले विभा भट्टराईलाई पराजित गरिन् । जितसंगै सुजनाले १ अंक जोडिन् । त्यस्तै सिन्डिरा जोशीले नयन्शा भट्टराई, विनिता कपालीले कुसुम दाहाल, कृतिसरा अधिकारीले रिया झा, आभा पुडासैनीले सन्ध्या केसी, सुशिला गुरुङले अनुषा लामा, ज्योति लामिछानेले अन्जु शाह र सविना बजगाईंले रोमिका त्वानाबासुलाई सुरुआती चरणमा हराउदै समान १–१ अंक बटुलेका छन् । शीर्ष ५ स्थानमा रहने खेलाडीले क्रमशः २५ हजार, १५ हजार, ८ हजार, ६ हजार र ४ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । शीर्ष तीनमा रहने खेलाडीलाई बेलुन नेपाल प्रा.लि. का निर्देशक सविन महर्जनले ११ हजार बराबरको गिफ्ट ह्याम्पर प्रदान गर्ने घोषणा गरे ।
प्रतियोगिताको पूर्व युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेल र राष्ट्रिय खेलकुद परिषद्की सदस्य इन्दिरा निरौलाले एक कार्यक्रमबीच संयुक्त उद्घाटन गरे ।
प्रतियोगितामा ३९ खेलाडीको सहभागिता रहेको आयोजक काठमाडौं जिल्ला संघका अध्यक्ष नारायण श्रेष्ठले जनाएका छन् । अध्यक्ष श्रेष्ठले प्रतियोगितालाई हरेक वर्ष निरन्तरता दिने बताए । आयोजकका अनुसार महिलाको मात्रै छुट्टै राष्ट्रव्यापी बुद्धिचाल प्रतियोगिता १२ वर्षपछि भएको हो ।
प्रतियोगितामा यु–१२, यु–१४ र यु–१६ उमेरसमूहमा पनि प्रतिस्पर्धा भइरहेको छ । उमेरसमूहमा पनि नगद पुरस्कार राखिएको छ । प्रतियोगिताको समापन अन्तर्राष्ट्रिय नारी दिवसका दिन आइतबार हुने छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु