नामी र साइपाल फाइनलमा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ फाल्गुन २३ गते, शुक्रबार १९:४३

काठमाडौं, फागुन २३ ।
नामी र आयोजक मल्पी पाँचौं मल्पी कप ए लेभल अन्तरकलेज थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको गल्र्समा शुक्रबार फाइनलमा प्रवेश गरेका छन् ।
तीन टिम सहभागी गल्र्सको राउन्ड रोविन लिगमा नामी विजेता तथा मल्पी उपविजेता हुँदै फाइनलमा पुगेका हुन् । नामीले मल्पीलाई १०–८ तथा साइपाल एकेडेमीलाई १०–६ ले पराजित ग¥यो । मल्पीले साइपाललाई ६–४ ले हरायो ।
ब्वाइजमा सेमिफाइनल समीकरण पूरा भएको छ । सेमिफाइनल मल्पी ‘ए’ र लिटिल एन्जल्स (एलए) तथा मल्पी ‘सी’ र नामी ‘ए’ बीच हुने छ । ब्वाइजमा १० टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरिरहेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु