दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

नयाँ पदयात्रा गन्तव्य फिकुरी

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ फाल्गुन २४ गते, शनिबार १५:१४

राजधानीबाट नजिकै रहेको नुवाकोटको फिकुरी डाँडा नयाँ ट्रेकिङ गन्तव्यका रुपमा प्रचारमा आएको छ । फिकुरी डाँडाबाट लाङटाङ, गोसाइकुन्ड, मनास्लु, अन्नपूर्ण र गणेश हिमालमात्र होइन, तिब्बती हिमश्रृंखलासमेत देख्न सकिन्छ । हरिबोधिनी अर्थात् ठूलो एकादशीमा फिकुरी महादेव मन्दिरमा विशेष मेला समेत लागेको लाग्ने गरेको छ । त्यस अवसमा देशका विभिन्न भागबाट हजारौं दर्शनार्थीहरु त्यहाँ जाने गरेका छन् । त्यो अवसरमा त्यहाँ पुग्न सके इच्छाएको मनोकामना पुरा हुने जनविश्वास रहेको छ ।
रसुवा–नुवाकोट पर्यटन समाजको आयोजना र नेपाल पर्यटन बोर्डको सहयोगमा सम्पन्न फिकुरी ट्रेकिङ ट्रेलको अध्ययन भ्रमणबाट भर्खरै काठमाडौ फर्केका पदयात्रीहरुले सो ट्रेकिङ ट्रेल नेपालको पहाडी पर्यटनमा एउटा महत्वपूर्ण ट्रेल हुने बताएका छन् । ३८०० मिटर उचाइको फिकुरी डाँडाबाट केही नजिकमा रहेको ढ्वाछाप भेडीखर्कमा पुगेर ५५ जनाको टोलीले ‘क्याम्पिङ’ गरेको थियो ।
‘यो ट्रेल इतिहास, प्रकृति र संस्कृतिको संगम हो’, यात्राबाट फर्किएपछि लाङटाङ सद्भावना दूत समेत रहेका पत्रकार अशोक सिलवालले भने, ‘नुवाकोटको ऐतिहासिक साततले दरबार, सूर्यगढी, किस्पाङ हुँदै फिकुरी पुगेर रसुवाको ठूलोगाउँ र घलेगढी भएर टुँगिने यो भर्जिन ट्रेलमा तामाङ, गुरुङ, नेवार र ब्राम्हण समुदायकोे जीवनसंस्कृतिमात्र होइन, परम्परागत कृषि प्रणाली, विछट्टै लाग्ने पहाडी दृश्य, गाउँले जनजीवन र अनेक प्रजातिका चराचुरुङ्गी पनि अवलोकन गर्न सकिनेछ ।’
राजधानीबाट सबैभन्दा नजिक रहेको यो ट्रेल छोटो र लामो दुवै खालको ट्रेकिङका लागि पनि उपयुक्त ट्रेक भएको ट्रेकिङ गाइड समेत रहेका सिलवालले बताए । राजधानीबाट जम्मा ९७ किलोमिटर उत्तरपश्चिममा रहेको फिकुरी हुँदै रुबी भ्याली, गणेश हिमाल, तामाङ हेरिटेज, लाङटाङ र गोसाईकुन्डको पदयात्रामा जोडिन सकिन्छ ।
‘फिकुरे डाँडालाई नयाँ पहाडी गन्तव्यको रुपमा विकास गर्न भ्रमण आयोजना गरेका हौं’, रसुवा–नुवाकोट पर्यटन समाज उपाध्यक्ष शिव लामिछानेले बताए । नेपाल पर्यटन बोर्ड सदस्य एवम् पूर्व टान अध्यक्ष दीपक महतले फिकुरी ट्रेलले विशेष पर्यटकीय सम्भावना बोकेकोले पूर्वाधार विकासमा तत्काल ध्यान दिनुपर्ने बताए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु