
काठमाडौं ।
सामाजिक बिकास मन्त्रालय अन्तरगत अपंगता भएका व्यक्तिको अधिकार सम्बन्धि एन २०७४ अनुसार प्रदेश स्तरीय प्रदेश १ मा अपंगता समन्वय समिति गठन भएको छ।
गठित समितिमा विज्ञको तर्फबाट अपंगता अधिकारकर्मी साथै महिला अधिकारकर्मी अन्तर्राष्ट्रिय व्यक्तित्व टीका दाहाल र अपंगताको क्षेत्रमा सक्रीय बिमल बस्नेत नियुक्त भएका छन् । सामाजिक बिकास मन्त्रालयका राज्य मन्त्री माननीय जस माया गजमेरको अध्यक्षतामा पहिलो बैठक सामाजिक बिकास मन्त्रालय विराटनगरमा हिजो नै भएको थियोे।


