काठमाडौं – कोरोनाभाइरस प्रभावित मुलुकका करिब पर्यटक नेपालमा अलपत्र परेका छन् । स्थलमार्ग हुँदै नेपाल आएका ७० पर्यटकलाई सोही मार्ग हुँदै फर्कन भारतले रोक लगाएपछि उनीहरु अलपत्र परेका हुन् ।
प्रतिबन्धका कारण त्यही बाटो हुँदै फर्किने गरी नेपाल आएका पर्यटन विचल्लीमा छन् । संक्रमण फैलने डरले भारतले चीन, दक्षिण कोरिया, जापान र इटलीलगायतका मुलुकका पर्यटकलाई फर्कन प्रतिबन्ध लगाएको छ ।भारतीय अध्यागमन कार्यालय सुनौलीले प्रवेशमा रोक लगाएपछि ती पर्यटकलाई काठमाडौं पठाइएको अध्यागमन कार्यालय वेलहियाले जनाएको छ । अध्यागमनको तथ्यांक अनुसार विगत पाँच दिनमा भाइरस प्रभावित मानिएका मुलुकका करिव ७० पर्यटक नेपाल प्रवेश गरेका थिए ।
अति आवश्यक कामको लागि सम्बन्धित मुलुकका दूतावाससँगको सहमतिमा बाहेक सङ्क्रमित मुलुकका नागरिकलाई प्रवेश नदिने घोषणा भारते गरेको छ ।