• विद्यार्थीको हात चिर्न लगाउने शिक्षिका पक्राउ

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २५ फाल्गुन २०७६, आईतवार ०८:०६

    काठमाडौं-परीक्षामा राम्रो अंक ल्याउन नसकेको भन्दै विद्यार्थीको हात चिर्न लगाउने शिक्षिका सीतालक्ष्मी कर्माचार्यलाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।

    कम अंक ल्याउने ३४ जना विद्यार्थीलाई ब्लेडले हात चिर्न लगाएको समाचार शनिबार नयाँ पत्रिका दैनिकमा प्रकाशित भएको थियो । महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता डिएसपी होबिन्द्र बोगटीले विद्यार्थीमाथि अत्याचार गर्ने शिक्षिकालाई पक्राउ गरिएको बताए ।

    जडीबुटीस्थित जागृति एकेडेमीमा पढ्ने ६ र ७ कक्षाका विद्यार्थीलाई कर्माचार्यले परीक्षामा राम्रो अंक ल्याउन नसकेको भन्दै हात चिर्न लगाएकी थिइन् । कर्माचार्यलाई जडिबुटीबाट पक्राउ गरिएको बोगटीले जानकारी दिए ।

    प्रहरीले कर्माचार्यविरुद्ध जाहेरी दिन आह्वान गरेको छ । जाहेरी नपरे पनि उनीमाथि कारबाही अघि बढाउने बोगटीले बताए । कर्माचार्यले विद्यार्थीको हात चिर्न लगाएको समाचार सार्वजनि भएपछि उनलाई विद्यालयले निस्कासन गरेको जनाएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु