• नारी दिवस

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २५ फाल्गुन २०७६, आईतवार ०८:२२

    बाँचेका दिन देखिने झिलिमिली संसारको पौरख
    मातेको छ भने कुनै समयले भेट्दैछ पीडा दुःख
    हासेको अनुहार हेर्न सबले उत्साह पोख्छन किन
    रोएको अब कल्पना छ नमिठो पीडा सधैको हुन

    बिउँझी प्रात सवै अगाडी हुन गै सजाउदै छन घर
    चिया व्यञ्जन अमृतै सरी सधै भान्छा भरि हर्हर
    माटोमा विरुवा बनेर जसरी हुर्की बढि फल्दछ
    त्यस्तै वालक प्रातको प्रहरझै आमा भरी चल्दछ

    हुर्केको नव यौवनाहरु यसै संसारकै हुन भर
    सारासिर्जनले सधै दिवस यो बन्दैछ हाम्रो घर
    वैलिन्नन नव पाउला हृदयका पाना भरिछन सब
    आँखामा न अटाउने छ रमिता आफै भरिनै अब

    मेरो मन्त्र विमुग्ध वन्दन भरि नारी सधै जप्नुछ
    नारी हुन नव सिर्जना लहरकी बास्ना भरि खोज्नुछ
    नारी हुन घरकी सुवास युगको श्रृष्टि हुँदा देखिनै
    मात्रै हुन्न यो नारी दिवस यहाँ यो मार्चको आठनै

    सारा श्रृष्टि भरी झ¥यो दिवस यो होइन यौटा दिन
    ब्यूँझेका सबले सधै दिवस यो मान्छन रमाई कन
    यौटा दिन भनेर दिवस यहाँ मानेर के पुग्छर
    मान्छे हुन्छर तृप्त एक दिन क्यै खाएर के हुन्छर

    मानौ दिवस नारीको घर घरै ब्यूँझे पछि दिन्दिन
    नारी सुन्दर सिर्जना लहरमा माला उनि लाउन
    यस्तैमा अव मार्च आठ खुशीको माला बनेको छ र
    नारी दिवस एक दिन कसरी भन्नु सधै हुन्न र

    बाबाधामको कोसेली २५ फागुन २०७६ (८ मार्च २०२०)
    शिव अधिकारी

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु