आगामी चैतसम्म तीन करोड मात्राभन्दा बढी कोरोना विरुद्धको खोप ल्याउने तयारीअसोज दोस्रो सातादेखि तेस्रो लहर आउन सक्ने प्रक्षेपणसुनको चुरा’ बोलको तिज गीत सार्वजनिकचाँडै नै श्रद्धा रोमान्टिक फिल्म ‘चालबाज इन लन्दन’ मा देखिनेसमाजवादी पार्टीको आधिकारिकता उपेन्द्र यादव पक्षलाईआज मिति २०७८ साउन १२ गते, मंगलवारको राशिफलमन्त्री कार्की समक्ष चेम्वर प्रतिनिधि मण्डलद्धारा सुझाव प्रस्तुत, कोरोना महामारीका कारण पहिलो क्षति निजी क्षेत्रले भोग्नु परेको प्रष्टोक्तीएनआरएनए एनसीसी यूएईको अध्यक्षमा कार्यबाहक अध्यक्ष निरन्जन सिलवालले उम्मेदवारी घोषणापछिल्लो घण्टामा देशैभरी ३,४२१ जना कोरोनाका नयाँ संक्रमित थपिएआयुषको'तिमी र म'मा ग्रेसी (भिडियो )
  • खाडी मुलुकमा घरेलु कामदारको अध्ययनका लागि नेपाली टोलीले ओमान भ्रमणमा

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २५ फाल्गुन २०७६, आईतवार १५:५६

    काठमाडौं – खाडी मुलुकमा घरेलु कामदारको अध्ययनका लागि नेपाली टोलीले ओमान भ्रमण गरेको छ । संघीय संसद प्रतिनिधि सभा अन्तर्गत उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति र राष्ट्रिय मानव अधिकार आयोगको संयुक्त टोलीले घरेलु कामदारको रूपमा ओमानलगायतका खाडी मुलुक ओमान, साउदी अरब र यूएई.मा रहेका घरेलु कामदारहरूको विद्यमान अवस्था, समस्या तथा समाधानको लागि चालिनु पर्ने कदमका विषयमा स्थलगत अवलोकन गर्न ओमान भ्रमण गरेको हो ।
    घरेलु कामदारका सम्बन्धमा संसदका समितिले खाडीका विभिन्न मुलुक भ्रमण तथा अध्ययन गरी घरेलु कामदारका लागि स्कीृत दिने वा नदिने निष्कर्ष दिने बताइएको छ । समितिको अध्ययन गर्ने निणर्य भएबमोजिम संयुक्त टोलीले खाडीका विभिन्न मुलुकमा फागुन १७–२८ सम्म अनुगमन गर्ने कार्यतालिका बनाएको छ । सोही अनुसार टोली १७, १८ र १९ गते ओमानको भ्रमण गरेको हो । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति विमल प्रसाद श्रीवास्तवको नेतृत्वमा रहेको भ्रमण दलले ओमानको शुरा काउन्सिल (प्रतिनिधि सभा) का अध्यक्ष माननीय खालिद विन हिलाल अल मावली र स्टेट काउन्सिल (राष्ट्रिय सभा) का अध्यक्ष माननीय याह्या विन महफौद अल मन्थरीसँग बेग्ला–बेग्लै द्विपक्षीय भेटघाट गरेको थियो ।

    उक्त भेटघाटमा दुवै देशका प्रतिनिधीहरुबीच संसदको संरचना, संसदीय व्यवस्था, प्रतिनिधित्व तथा संसदमा मौजुद समितिहरूबारे छलफल भएको थियो । साथै, दुवै सदनको गरिमा, भूमिका तथा कानुन बन्ने प्रक्रियाबारे समेत छलफल भएको थियो । दुवै सदनका अध्यक्षले यसरी भ्रमण दलको आदान–प्रदान गर्दा एक अर्काका राम्रा प्रयासहरू सिक्ने अवसर मिल्ने हुनाले भ्रमणको उच्च महत्व रहेको दर्शाउँदै ओमानको संसदको तर्फबाट धन्यवाद ज्ञापन गरिएको थियो भने भने माननीय सभापतिले अध्यक्षद्वयलाई अनुकुल समय पारेर नेपालको भ्रमण गर्न संघीय संसद प्रतिनिधि सभाका माननीय सभामुख तथा राष्ट्रिय सभा अध्यक्षको सन्देश दिइएको थियो ।

    त्यसैगरी भ्रमण दलले त्यहाँको परराष्ट्र मन्त्रालयका सचिव महामहिम शेख खालिफा विन अलि अल हार्थी तथा परराष्ट्र मन्त्रालयका अन्य उच्च पदस्थ पदाधिकारीहरू तथा जनशक्ति मन्त्रालयका सचिव महामहिम हमाद विन खामिस विन अब्दुल्लाह अल आम्रीलाई उनीहरूकै कार्यकक्षमा बेग्ला–बेग्लै द्विपक्षीय भेटघाट गरेका थिए । उक्त अवसरमा भ्रमण टोलीले ओमानको श्रम सम्बन्धी विद्यमान कानुनी व्यवस्था, नेपाली कामदारहरूको बारेमा सरकारको बुझाई तथा कामदारको हकहितका सम्बन्धमा जिज्ञासा राखिएको थियो ।

    सो भ्रमणको दोस्रो दिन बिहान नेपाली दूतावासमा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा नेपाली दूतावासको श्रम सहचारी कृष्णाकुमारी गौलीले प्रस्तुत गरेको नेपाली श्रमिक तथा घरेलु कामदारसम्बन्धी आधिकारिक तथ्यांकसहितको प्रस्तुतिकरणमा सहभागी भई दूतावासको सेल्टरमा बसेका दिदिबहिनीहरूसँग पनि अन्तरक्रिया गरिएको थियो ।

    सोही दिन टोलीले ओमानको मानव अधिकार आयोगका अध्यक्ष माननीय शेख अब्दुल्लाह विन शुवैन अल होस्नीसँग भेटवार्ता गरी श्रमिकहरूको मानव अधिकारको सम्बन्धमा ओमान सरकार तथा ओमान मानव अधिकार आयोगले गर्ने गरेका कार्यहरूकोबारे जानकारी लिएका थिए भने नेपालको राष्ट्रिय मानव अधिकार आयोगको काम कारवाही तथा प्रयासहरूबारे जानकारी आदान–प्रदान गरिएको थियो । उक्त अवसरमा राष्ट्रिय मानव अधिकार आयोग नेपालका आयुक्त माननीय सुदीप पाठकले नेपालको मानव अधिकार आयोगले अन्तराष्ट्रिय मानव अधिकार आयोग तथा विभिन्न देशका मानव अधिकार आयोगसँग गरेको सहकार्यको बारेमा जानकारी दिंदै ओमानको मानव अधिकार आयोगसँग पनि सहकार्यको लागि समझदारी पत्र प्रस्ताव गरिएको थियो ।
    तत् पश्चात समितिले नेपालीहरू कार्यरत एक कम्पनी, अल–नाबाको भ्रमण गरेर त्यहाँ काम गर्ने नेपालीको बस्तुस्थितिको जानकारी लिएको थियो । टोलीले फागुन १७ गते साँझ नेपाली दूतावासको आयोजनामा भएको ‘ओमानमा रहेका घरेलु तथा अन्य नेपाली कामदारहरूसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम’ मा सहभागिता जनाई ओमानमा रहेका श्रमिक तथा घरेलु कामदारका वास्तविक समस्या श्रमिकहरूबाटै प्रत्यक्ष सुनेको थियो भने घरेलु कामदारको विषयमा विभिन्न जिज्ञासासमेत राखिएको थियो ।

    भ्रमण टोलीमा विमलप्रसाद श्रीवास्तव सभापति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, भिमसेनदास प्रधान सदस्य, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, गोपाल बहादुर बम सदस्य उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, दुर्गा कुमारी विश्वकर्मा सदस्य, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, प्रमोद शाह सदस्य, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, सूर्यनारायण यादव ‘सूरज’सदस्य, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, सुदिप पाठक सदस्य, राष्ट्रिय मानव अधिकार आयोग, श्री शिवदत्त बराल उपसचिव, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, केशवराज सुवेदी उपसचिव, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, रविलाल नेपाली अधिकृत, राष्ट्रिय मानव अधिकार आयोग रहेका थिए । उक्त द्विपक्षीय बैठक तथा भ्रमणहरूमा नेपाली दूतावास ओमानकी महामहिम शर्मिला पराजुली ढकाल र उनका श्रीमान बिमल ढकाल तथा दूतावासका अन्य कर्मचारीहरूसमेत साथै रहेका थिए ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु