आज मिति २०७८ साउन १८ गते, साेमवारको राशिफलमनास्लु वल्र्ड कलेजले कक्षा ११ मा विज्ञान संकायमा भर्ना हुने ३० जना विद्यार्थीलाई छात्रवृत्ति दिनेपछिल्लो २४ घण्टामा थप २,५६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टिबालिका आश्रमका बालिकाहरुलाई क्यान्सर सचेतना कायक्रम सम्पन्नलायन्स क्लब काठमाडौँ समर्पणद्धारा खाद्यान्न, पोशाक र शैक्षिक सामाग्री सहयोगआज मिति २०७८ साउन १७ गते, आइतवारको राशिफलपछिल्लो २४ घण्टामा ३,१०६ जनामा कोरोना भाइरस संक्रमण पुष्टिजोन चियरपर्सन लायन राजन श्रेष्ठको अध्यक्षतामा डिस्ट्रिक्ट गभर्नर सल्लाहकार समितिको पहिलो बैठक बुधबार सम्पन्नहेर्नुस् आज मिति २०७८ साउन १६ गते, शनिवारको राशिफलAmbassador SH.Shah called uponPrime minister Deuba
  • महिलाहरु सक्षम छन्, त्यो कुरा प्रमाणित भैसक्यो : सांसद वली

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २५ फाल्गुन २०७६, आईतवार १७:२४

    काठमाडौं, २५ फागुन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की नेतृ तथा राष्ट्रिय सभा सदस्य कोमल वलीले महिलाहरुले आफ्नो अधिकारलाई अनुभुत गर्नुपर्नेमा जोड दिईन् । उनले भनिन्,‘त्यही भएर संयुक्त राष्ट्रसंघले पनि महिला अधिकारलाई अनुभुत गर्नसक्ने पुस्ता भनेर नारा दिएको छ । नेपालमा मात्रै होईन, विश्वव्यापी रुपमा पनि यही कुरा लागु हुने हो ।’
    ११०औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै उनले महिलालाई अधिकार दिईए कहीँ कतैपनि पछि पर्दैनन् भन्ने कुरा पुष्टि भैसकेको पनि बताईन् । उनले भनिन्,‘नेपालको हकमा त यो कुरा प्रमाणित भैसकेको छ । त्रिुभवन विश्वविद्यालयका हरेक संकायमा बहुसंख्यक महिलाले टप गरिरहेका छन् । वर्षेनि दशौं हजार दिक्षित भएका छन् । तर, अवसर लिने ठाउँमा उनीहरु त्यति देखिँदैनन् ।’ उनले समानताको हक र अधिकारमात्रै नभएर अवसर पनि प्राप्त गर्न महिला अग्रसर हुनुपर्ने पनि बताईन् ।

    कानूनमा बनेका कुराहरु व्यवहारमा लागु हुनुपर्ने पनि उनको भनाई छ । उनले भनिन्,‘हामीले आफूलाई पुरुषसँग दाज्नुहुँदैन् । यो पुरुष पछार्ने कुरा पन िहोईन् । हामीले आफूले आफैंलाई जित्नुपर्छ । नारीसँग त कसैको तुलना नै हुँदैन् । नारी यो धर्तीको सुन्दर सृष्टिकर्ता हो । जो अरुले गर्न सक्दैन् । नारी तुलनात्मक रुपमा पनि शक्तिशाली हो ।’

    उनले अवसर पाउने महिलाहरुले अरुको लागि काम गर्नुपर्ने बताउँदै आफ्नो भूमिकाको बारेमा पनि समिक्षा गर्नुपर्ने बताईन् । उनले भनिन्,‘त्यो अहम भूमिका हो । हामी जो जसले भूमिका र अवसर पाएका छौं । सबैले ईमानदारीपूवर्क काम गर्नुपर्छ । महिलाहरुको लागि महत्वपूर्ण अवसर सिर्जना गर्नुपर्छ । उनीहरुको लागि प्लेटफर्म बनाउनुपर्छ ।’

    उनले केन्द्रदेखि स्थानीय तहसम्म र विभिन्न सामाजिक संघ तथा संस्थाहरुमापनि महिलाहरुको प्रतिनिधित्व र सहभागिता गराउनुपर्नेमा जोड दिईन। ‘महिलालाई अधिकार दिनुपर्छ । वर्तमान सरकार यो कुरामा गम्भिर छ ।’–उनले भनिन् ।

    त्यस्तै प्रायः अवसर लिने कुरामा काठमाडौं केन्द्रित महिलाहरुलाई मात्रै नभएर काठमाडौं बाहिरकालाई पनि अवसर दिनुपर्ने उनको भनाई छ । उनले भनिन्,‘काठमाडौंबाहिर बस्ने महिलाहरु उहाँहरु पनि विद्धान हुनुहुन्छ । प्राज्ञिक काममा लाग्नुभएको छ । उहाँहरुलाई अवसर दिनुपर्छ । काठमाडौंकेन्द्रितलाई अधिकार र अवसर दिने प्रथाको अन्त्य गर्नुपर्छ ।’

    उनले नेपालको संघीय संसदको संरचना र महिला सहभागिताको विषय उल्लेख गर्दै दक्षिण एशियामै नेपाल पहिलो स्थानमा र विश्वमा ४८औं स्थानमा रहेको दाबी गरिन् । नेपालको सामाजिक, सांस्कृतिक परम्परापनि नारीलाई सम्मान गर्ने खालको भएको सुनाउँदै आफ्नो पार्टीमा महिला सांसद तथा नेतृहरुलाई अत्यन्तै आदर गर्ने गरिएको दृष्टान्त पनि सांसद वलीले सुनाईन् ।

    संसदमा पनि महिला सांसदहरुले आफ्नो कुरा स्पष्टसँग राख्ने गरेको सुनाउँदै त्यो महिला सांसदहरुले डिजर्भ गर्ने कुरा भएको उनको भनाई छ । उनले भनिन्,‘पुष्पा भुसाालले संसदमा टु दि पोईन्ट आफ्नो कुरा राख्नुहुन्छ । मलाई लाग्छ, उहाँले बोल्नको लागि समय माग्नुपर्छजस्तो मलाई लाग्दैन् । स्वतः बोल्नको लागि डिर्जभ गर्नुहुन्छ ।’

    नेपालका महिलाहरु उत्पादनको क्षेत्रमा कम तर सेवाको क्षेत्रमा अलिक बढि सहभागिता रहेको पनि उनले सुनाईन् । त्यस्तै, उनले महिला आयोगको पदाधिकारीमा पनि महिला नै नियुक्ती गरिने पनि सुनाईन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु