शिक्षा विधेयकको विरोधमा शुक्रबार तेस्रो दिन पनि शिक्षकहरुले प्रदर्शन जारीअबदेखि भाइबरबाट पनि बससेवाको अनलाइन बस टिकट काट्न सकिनेविश्व विद्यालय दूध दिवसको अवसरमा कविता प्रतियोगिता गराइने "NeBA and Li-Ning Company Host Farewell for Women's 3x3 Basketball Teamआश्विन ५ गते शुक्रबार : यस्तो छ तपाईंको आजको राशिफलसनातन हिन्दु धर्मको रक्षागर्नु हाम्रो जिम्मेवारी हो : रामबाबाप्रोलिफिक स्कुलको आयोजनामा छात्र फुटसल प्रतियोगिता २०८० को पुरस्कार बितरणभोट गर्न सबैमा गणेश श्रेष्ठको अनुरोधअसोज १० गतेदेखि फर्निचर एक्स्पो सुरु हुँदै, आर्थिक कृयाकलाप चलायमान बनाउने अपेक्षानिक्षेप तथा कर्जा सुरक्षा कोर्षको भूमिका महत्वपूर्णः अर्थमन्त्री डा. महत

हिजोको दिनमा भएका महिला आन्दोलन र संघर्ष अधिकार प्राप्तिको लागि मात्रै थिएनन्: मन्त्री अर्याल

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ फाल्गुन २५ गते, आईतवार १७:४५

काठमाडौं, २५ फागुन । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्यमा अर्यालले नेपालका महिलाहरु देशको नेतृत्व गर्न सक्षम रहेकोले प्रधानमन्त्री बन्नपनि धेरै महिला योग्य र सक्षम रहेको स्पष्ट पारेकी छिन् ।

११०औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै मन्त्री अर्यालले यस्तो बताएकी हुन् । विश्वव्यापी महिला आन्दोलनको प्रभाव नेपालमा पनि परेको दिनदेखि आजसम्म नेपालमा पनि थुप्रै महिला अधिकारी प्राप्ति र अधिकारको लागि संघर्ष तथा आन्दोलन भएका ईतिहास सुनाउँदै उनले प्राप्त अधिकारको रक्षा गर्दै र पाएको अवसरलाई सही सदुपयोग गर्दै अघि बढ्नुपर्ने आजको आवश्यकत्ता सुनाईन् ।

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले महिला आन्दोलन र संघर्षका कारण अहिले महिलाले संविधानमा अवसर पारेकोपनि स्पष्ट पारिन् । उनले भने,‘हिजोको दिनमा भएका महिला आन्दोलन र संघर्ष अधिकार प्राप्तिको लागि मात्रै थिएनन् । त्यही बलमा शासन व्यवस्था परिवर्तनमा समेत महिला आन्दोलनले अहम भूमिका खेलेको छ ।’ बहुदल आउनुभन्दा अघि नेपालमा महिला आन्दोलन र अधिकार प्राप्तिको लडाई बेग्लाबेग्लै रुपमा भएपनि बहुदल आएपछि भने उक्त आन्दोलनले एकरुपता पाएको उनले सुनाईन् ।

उनले विगतको ईतिहासलाई सम्मान गर्दै आगामी दिनमा फरक ढंगले अघि बढ्नुपर्ने धारणा राखिन् । ‘संविधानमै ३३ प्रतिशत महिलाहरुको हरेक निकायमा सुनिश्चितताको व्यवस्था भैसकेको छ’–उनले भनिन्,‘समानताको ढोका खोलिएको छ ।’ हरेक क्षेत्रमा रहेका महिलाहरुले आफ्नो वृद्धिविकास र क्षमताको विकास भएको कुरा व्यवहारमै सावित भैसकेको पनि उनको दाबी छ । उनले भनिन्,‘जो जो महिलाहरुले अहिलेम्म महत्वपूर्ण जिम्मेवारी प्राप्त गर्नुभएको छ, उहाँहरुले बढो कुशलतापूर्वक निर्वाह गर्नुभएको छ । अब महिलाहरुलाई आर्थिक उत्पादनसँग जोड्नुपर्छ ।’

उनले महिलाहरुमा आर्थिक परनिर्भरता रहुञ्जेलसम्म उत्पीडन यथावत रहने तर्क गरिन् । उनले थपिन्,‘अब आम महिलाहरुलाई आर्थिक उत्पादनसँग जोड्नुपर्छ । त्यहीअनुसारको सीप प्रदान गर्नुपर्छ । यसो गर्न सकियो भने महिलाहरु स्वतन्त्र र सवल हुनसक्छन् ।’ सन् २०३० सम्म महिलाहरुलाई समान अधिकारको सुनिश्चित्ता गर्ने कुरा योजना आयोगको १५औं योजनामा समेत राखिसकिएको उनले बताईन् । मन्त्री अर्यालले सरकार महिलाहरुको उत्थानको लागि सकारात्मक कदम चालेको पनि सुनाईन् । अहिलेको समाज र राज्य महिलामत्रै भएको पनि उनको दाबी छ ।

मन्त्री अर्यालले महिलाले प्राप्त अवसरलाई चम्नुपर्ने बताउँदै हरेक परीक्षामा पास हुनुपर्ने बताईनु । उनले भनिन्,‘महिलामा प्रतिष्पर्धी षमता अभिवृद्धि भैरहेको छ । राष्ट्रि निर्माणको दायित्व पूरा गर्ने सवालमा पनि महिलाले महत्वपूर्ण भूमिका निर्वाह गरेको कुरा जगजाहेर छ ।’ राष्ट्रपति, सभामुख र प्रधानन्यायाधीश महिला भैसकेको र उनीहरुले कुशलतापूर्वक आफ्नो भूमिका निर्वाह गरिसकेकोले महिला सक्षमताको पुष्टि भएको उनको भनाई छ । उनले भनिन्,‘आजसम्म जो जो महिला महत्वपूर्ण जिम्मेवारीमा पुग्नुभयो, कसैमाथि पन िकाम गर्न नसकेको भनेर प्रश्न उठेको छैन् । बरु, कुशलतापूर्वक आफ्नो भूमिका निर्वाह भएको भनेर चर्चा तथा परिचर्चा भएका छन् ।’

त्यतिमात्रै नभएर देशको हरेक निकायमा जो जो महत्वपूर्ण पदमा पुगेका महिलाहरु छन्, उनीहरुले कुशलतापूर्वक आफ्नो भूमिका निर्वाह गरेकोपनि उनले दाबी गरिन् । देशको नेतृत्व लिनेगरि महिला प्रधानमन्त्री बन्ने कुरा पनि सम्भव रहेको उनले सुनाईन् । उनले भनिन्,‘किन नसक्नु ? कांग्रेस सचेतक पुष्पाजी यहीँ हुनुहुन्छ, उहाँपनि योग्य हुनुहुन्छ ? परिस्थिति बन्दा र महिलामाथि विश्वास प्रकट हुँदा महिला प्रधानमन्त्री बन्नसक्ने कुरा स्वभाविक हो ।’

उनले अहिलेसम्म जुन जुन मोर्चा र जिम्मेवारीमा भएपनि महिला अधिकार र महिलाको मुद्दामा सबैबीच एकरुपता र कोहीबीचपनि विमति नरहेको स्पष्ट पारिन् । उनले भनिन्,‘एकताबद्ध भएर अघि बढ्दा नै अधिकार प्राप्त भएका हुन् । अब पनि एकताबद्ध भएर अघि बढ्नु्पर्छ । यसमै हाम्रो जित छ ।’

पत्रकार ऋषि धमलाले अबको चुनावपछि देशको नेतृत्वको बागडोर महिलाले सम्हाल्नुपर्ने आफ्नो शुभेच्छा रहेको सुनाउँदै त्यसको लागि तयार गर्न महिला नेतृहरुलाई आग्रह गरेका छन्

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु