भिषण बर्षाको कारण उत्पन्न बाढि पिडितहरुलाई राहत सामाग्री हस्तान्तरणलायन्स क्लब काठमाडौँ समर्पण र हिन्दू स्वयम्सेवकद्धारा हेलम्बुमा राहतदूध तथा दुग्ध पदार्थ ढुवानी गर्ने गाडीमा प्रयोग हुने प्रतीक चिन्ह प्रयोग गर्न आव्हानकाठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एक साता थपियोपछिल्लो २४ घण्टामा ३४५६ जना संक्रमणमुक्तनेप्से आज ६३ दशमलब ११ अंकको गिरावटसाताको कोरोबारको पहिलो दिन आज के छ नेपाली बजारमा सुनचाँदीको मुल्यबाढी पैह्रोका मुख्य स्रोतहरु तथा समाधानका उपायहरुउद्यमशील महिला समूहले पनि राहत बाँड्योकतारमा अघिल्लो कार्यकालको अधुरा कार्य पुरा गर्न मुक्तदाको पुनः उम्मेदवारी - मुक्तदाका प्रतिबद्धताहरुः
  • नामीलाई दोहोरो उपाधि

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २५ फाल्गुन २०७६, आईतवार २२:१८

    काठमाडौं, फागुन २५ ।
    नामीले पाँचौं मल्पी कप ए लेभल अन्तरकलेज थ्री बाइ थ्री बास्केटबल प्रतियोगितामा आइतबार दोहोरो उपाधि जितेको छ । नामी ब्वाइज÷गल्र्स दुवैमा च्याम्पियन बन्यो ।
    ब्वाइज फाइनलमा नामीले आयोजक मल्पीलाई १२–५ ले पराजित ग¥यो । नामीका आङ फुर्वा शेर्पाले ५, विकी ऐडी क्षेत्रीले ४ र मिङमार लामाले ३ अंक जोडे । ब्वाइजमा नामी नयाँ च्याम्पियन हो । अघिल्ला चारै संस्करणको उपाधि आयोजक मल्पीले जितेको थियो ।
    गल्र्सको उपाधि भिडन्तमा डिफेन्डिङ च्याम्पियन नामीले आयोजक मल्पीलाई नै १०–३ ले हराउदै उपाधि रक्षा ग¥यो । नामीका लागि सुलक्छाया गुरुङले ५, रोशनी पोखरेलले ४ र पासाङ छोतिन् शेर्पाले १ स्कोर गरे । मल्पी पहिलोदेखि तेश्रो संस्करणको विजेता हो । विजेता र उपविजेता चारै टोलीका प्रशिक्षक राष्ट्रिय बास्केटबल खेलाडी रविन खत्री हुन् । ब्वाइज÷गल्र्स दुवैमा पहिलो हुनेले १० हजार तथा दोश्रोले ५ हजार नगद पुरसकार हात पारे ।
    ब्वाइजमा नामीका विकी ऐडी क्षेत्री तथा गल्र्समा नामीकै रोशनी पोखरेल ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । ब्वाइजमा आयुश लामा तथा गल्र्समा श्रेया शाही प्रतियोगिताकै सर्वाधिक स्कोरकता बने । आयुशले २६ तथा श्रेयाले १२ स्कोर गरे । सर्वाधिक स्कोरकर्ताद्वय मल्पीका हुन् ।
    विजेतालाई मल्पीकी प्रिन्सिपल जन थापा र युटीएस इन्सर्चकी रिजनल म्यानेजर अपराजिता मल्लले एक कार्यक्रमबीच पुरस्कृत गरे । ब्वाइजमा १० टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए । गल्र्समा ३ टिमले राउन्ड रोविन लिगका आधारमा खेलेका थिए

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु