बसन्त’का दुई कृति एकसाथमिसेस नेपाल वल्र्ड–२०२३ को टप २३ प्रतिष्पर्धी सार्वजनिक‘तस्वीरमा ज्येष्ठ नागरिक’ फोटो प्रदर्शनी (फोटो फिचर)हेर्नुहोस् आज मिति २०८० साल असोज १४ गते आइतबारको राशिफलगीति कविता : मैले तिमीसँग किनआईसीएमए नेपाल च्याप्टरद्वारा ६६ जना सीएमए डिग्री हासिल गरेका विद्यार्थी दिक्षीतसमाजबाट दुव्र्यसनलाई कसरी न्युनिकरण गर्न सकिन्छ भन्ने बिषयमा छलफलमाओवादी केन्द्रबाट बारपाक सुलिकोट गाउँपालिका स्तरीय रिटर्नी सेन्टर संगठन गठनप्रज्ञापारमिता स्थापनाको १३ औं बार्षिक उत्सवहाडजोर्नी तथा नसा रोगबारे लेखिएको ‘अर्थोपेडिक प्राक्टिस ईन नेपाल’ पुस्तक भविष्यमा सिद्धान्तको रुपमा विकास हुने डा. लामिछानेको दाबी

मनकामनालाई उपाधि

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ फाल्गुन २५ गते, आईतवार २२:२४

मनकामना स्कुलले प्रथम अन्तरविद्यालय सेभेन ए साइड मेयर कप छात्र फुटसल प्रतियोगिताको उपाधि आइतबार जितेको छ ।
आरुबारी युवा क्लबद्वारा आयोजित प्रतियोगिताको फाइनलमा मनकामनाले सांग्रिला पब्लिक स्कुललाई सडन डेथमा पराजित ग¥यो । निर्धारित समयको खेल १–१ को बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो । उपाधिसंगै मनकामनाले २५ हजार नगद पुरस्कार हात पा¥यो भने सांग्रिला पब्लिक स्कुलले १५ हजार नगद पुरस्कारमा चित्त बुझायो ।
माकलबारीस्थित मनकामना फुटसलमा भएको प्रतियोगितामा सांग्रिलाका राहुल तामाङ उत्कृष्ट खेलाडी घोषित भए । सांग्रिलाकै साम्गेल लामा सर्वाधिक गोलकर्ता, मनकामनाका कौशल लोहनी उत्कृष्ट गोलरक्षक, मनकामनाका अंकित केसी उत्कृष्ट डिफेन्डर र मनकामनाका सुमन लामा उत्कृष्ट प्रशिक्षक बने । सांग्रिलाले अनुशासित टिमको उपाधि हात पा¥यो ।
विजेतालाई गोकर्णेश्वर नगरपालिका मेयर सन्तोष चालिसे, आयोजक क्लबका अध्यक्ष फुर्साङ लामा तामाङ, मुक्तिनाथ विकास बैंक जोरपाटी शाखाकी प्रबन्धक निरु लामालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । तीनदिने प्रतियोगितामा विभिन्न १२ विद्यालयका १५ टिमले नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु