• हेर्नुस् के छ आज को मौसम पूर्वानुमान

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २६ फाल्गुन २०७६, सोमबार ०९:००

    काठमाडौ, फागुन २६ । आज मुलुकभरको मौसममा सामान्य बदली रहनुकासाथै पश्चिमी क्षेत्रका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना देखिएको छ।
    जल तथा मौसम पूर्वानुमान महाशाखाले सोमबार मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको जनाउदै अहिले देशको पश्चिमी र पुर्वी पहाडी भू-भागमा आंशिक बदली भईरहेको जानकारी गराएको छ ।
    आज दिउँसो देशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ भने बाँकी भू-भागमा भने सामान्यतया मौसम सफा रहने अनुमान गरिएको छ ।
    यस्तै आज राती देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा सामान्यतया मौसम सफा रहने महाशाखाको भनाई छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु