नुवाकोट लिखु-६ अवस्थित रहेको थानसिङ्ग कृषि सहकारी संस्था लिमिटेड कृषक व्यावसायिकरण कार्यक्रम सुचारू गरेको छ । स्थानीय तहमा सहकारी अवस्थित भईरहेको अबस्थामा यस सहकारी ले सकृय किसान हरूलाई लक्षित गरी तरकारी धान मकै र आलु उत्पादन बढाउन बिऊ बिजन थोपा सिंचाई मलखाद तथा बिषादी हरु लक्षित किसान वर्ग हरूमा वितरण गर्दै आएको छ । संस्थाले नुवाकोट जिल्लाको लिखु ककनी सुर्यगढी र पन्चकन्या गा पा लक्षित गरी ८०० घरधुरी संख्या किसान हरु संग काम गर्दै आएको छ । केही समय यता संस्थाले किसान-२ परियोजना सँग पनि सहकार्य गर्दै आएको छ। सहकारी ले हाल ४ गाउँपालीका को लागि २ जना कृषि प्राविधिक राख्दै आएको छ। संस्थाले अबका दिनमा कृषक को बारीमा उत्पादन भएको तरकारी सिधै अन्तीम उपभोक्ता समक्ष पुर्याउने र कृषकले उत्पादन गरेको कृषि वस्तु बजारीकरण गर्न तत्काललै कृषकको साथी सहकारी कार्यक्रम ल्याउने तयारी भइरहेको छ ।