• कोरोना प्रभाव : नेपालसहित १४ देशका नागरिकलाई कतार प्रवेशमा प्रतिबन्ध

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २६ फाल्गुन २०७६, सोमबार ११:०८

    नेपालसहित १४ देशका नागरिकलाई कतारमा अस्थायी प्रतिबन्ध लगाइएको छ ।

    नेपाल, बंगलादेश, चीन, इजिप्ट, भारत, इरान, इराक, लेबनन, पाकिस्तान, फिलिपिन्स, दक्षिण कोरिया, श्रीलङ्का, सिरिया र थाइल्याण्डका नागरिकलाई कतारमा सोमबारबाट लागू हुने गरी अस्थायी प्रतिबन्ध लगाइएको हो ।

    कतारको सरकारी सञ्चार कार्यालय जिसिओ ले आइतबार दिएको जानकारीमा कतार एयरवेजले पनि इटालीमा र इटालीबाट आउने उडान रद्द गरेको जानकारी दिएको छ ।उक्त निर्णय कोरोनाभाइरस [कोभिड–१९] लाई विश्वव्यापी रुपमा फैलनबाट रोक्ने उद्देश्यसहित लिइएको जानकारीमा उल्लेख छ ।

    जिसिओले आइतबार जारी गरेको वक्तव्यमा कोरोनाभाइरसलाई फैलन रोक्नका लागि कतारले जतिसक्दो उपाय अवलम्बन गर्ने जानकारी दिएको छ ।‘यो निर्णयले माथि उल्लेखित सबै देशलाई प्रभावित गर्नेछ, यसमा अन अराइल भिसा पनि समावेश छ, कामदार र पर्यटक दुबैका लागि ।’कतारले आफ्ना सबै नागरिकलाई अत्यावश्यक अवस्थामा मात्रै यात्रा गर्न आग्रह गरेको छ ।-एजेन्सी

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु