
काठमाडौ । कोरोना भाईरसका कारण विश्वमा आतंक मच्चिएको छ । हरेक देशमा यसको प्रकोप बढने हो कि भन्ने त्रासले सबैको सात्तो लिएको अवस्था छ । मानिसहरु यहि डरका कारण त्राईमाम बनेका छन् । छिमेकी मुलुक चीनमा १ लाख १० हजार भन्दा माथिको संख्याका मानिसमा यसको संक्रमण देखिएको छ भने ३६ सय जनाको ज्यान गईसकेको छ । कोरना भाईरस लागेर कतै अकालमा नै त्यसै ज्यान नै पो जाने हो कि भनेर चीनमा यति सम्म मानिस त्रसित छन् की भाईरसबाट बच्न प्लास्टिकबाट आफुलाई ढाक्न थालेका छन । अर्को छिमेकी राष्ट्र भारतमा पनि यसको प्रकोप बढेको छ । संसार भरिका ८२ भन्दा बढि राष्ट्र यसको चपेटामा परिसकेको अवस्था छ । यस्तै ईटालीले यसको सङक्रमणबाट बढदै गएको मृत्यु दर रोक्न १ करोड ५० लाख मानिस क्वारेन्टाईनमा राख्ने तयारी गरेको छ । र विश्व स्वास्थ्य संगठनले नेपाललाई उच्च जोखिममा राखिसकोको छ । साथै उच्च सतर्कता अपनाउन घुमाउरो पाराले निर्देशनात्मक आदेश जसरी हाई अलर्ट रहनुपर्ने भन्दै नोटिस जारी गरेको छ । राज्यलाई नै आहत पुर्याउने काम गर्दै महासंघ
नेपालकै सरकार पछिको ठुलो संजाल भएको संगठन, नेपाल उद्योग वाणिज्य महासंघले सरकारले निकालेको सुचनालाई समेत बेवास्ता गर्दै चैत्र २८ र २९ गते नै चुनाव गर्ने भन्दै सुचना जारी गरेको छ । सो नोटिससंगै महासंघमा चरम राजनीति भएको भन्दै सदस्यहरु विरोधमा उर्तिन थालेका छन् भने कतिले त यस्तो भयवित अवस्थामा चुनाव सार्नुको विकल्प नरहेको भन्दै चेतावनी दिएका छन् । ज्यान नै मासिए के को चुनाव भन्दै उनीहरु आक्रोशित बनेका हुन् ।
कतिसम्म भने यत्रो त्रासदी मच्चिरहेको बेलामा संवेदनशिल बन्दै सहयोगका लागि हात बाढन त परै जाओस उल्टो बाटो हिडदै राज्यलाई नै आहत पुर्याउने काम महासंमा हालीमुहाली गर्ने तप्काबाट भएको छ । यस्तो बेलामा जो कोही पनि देशवासी र राष्ट्रका लागि जिम्मेवार बन्न आवश्यक रहन्छ नै । अझ महासंघ जस्ता संगठनको त भूमिका अपरिहार्य रहन्छ ।
किनकी देशमा बसेर ब्यापार गर्न पाउनुपर्छ भन्नु मात्र ब्यापारिक वर्गको दायित्व होईन, म वा हामी संकट पूर्ण घडीमा सरकारको जनताको साथमा छौ भन्नुपर्ने उनीहरुको दायित्व हो । यधपी महासंघमा कुर्सी ताकेर बस्नेहरु तगारो बन्दै महासंघलाई नै दाउमा राख्न पुगेका छन् । तसर्थ ठुलो सञ्जाल भएको निजी क्षेत्रको अभिभावक संगठन भित्र नेत्रीत्व पाउन कै लागि संस्थाको सांखलाई दाउमा राख्ने गरि चुनाव गरौ भन्नु सरासर गलत भएको भन्दै विरोधका स्वरहरु गुन्जिन थालेको छ । यति ठुलो सञ्जाल देश र जनताको लागि काम आउदैन भने महासंघ विगठन नै गरेहुने आवाज समेत सदस्यहरुमा उठ्न थालि सकेको छ ।
महासंघका अध्यक्ष भवानी राणाका अनुसार महासंघको सातै वटा प्रदेशले चुनाब गर्न नसक्ने भन्दै पत्र पठाएका छन् । सरकारको निर्देशनलाई पालना गर्दै चुनाब गर्न नसक्ने जानकारीसहित सबै प्रदेशले पत्र पठाएको महासंघकी अध्यक्ष राणाले बताइन ् ।
महासंघले प्रदेशको बारेमा फागुन ३० गते स्टेरिङ कमिटीको बैठक बोलाएको छ । सो बैठकले प्रदेशको बारेमा निर्णय गर्नेछ । भने पनि चैत्र २८ र २९ गते नै चुनाव के गर्ने भन्नेमा अहिले सम्म आकास्मीक यौटा बैठक समेत नबस्नु महासंघ भित्र कति राजनीति छ भन्ने छताछुल्ल भएको छ ।


