दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

नामीलाई मल्पी कप

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ फाल्गुन २६ गते, सोमबार २०:५२

नामीले पाँचौं मल्पी कप ए लेभल अन्तरकलेज थ्री बाइ थ्री बास्केटबल प्रतियोगितामा दोहोरो उपाधि जितेको छ । नामी ब्वाइज÷गल्र्स दुवैमा च्याम्पियन बन्यो ।
ब्वाइज फाइनलमा नामीले आयोजक मल्पीलाई १२–५ ले पराजित ग¥यो । नामीका आङ फुर्वा शेर्पाले ५, विकी ऐडी क्षेत्रीले ४ र मिङमार लामाले ३ अंक जोडे । ब्वाइजमा नामी नयाँ च्याम्पियन हो । अघिल्ला चारै संस्करणको उपाधि आयोजक मल्पीले जितेको थियो ।
गल्र्सको उपाधि भिडन्तमा डिफेन्डिङ च्याम्पियन नामीले आयोजक मल्पीलाई नै १०–३ ले हराउदै उपाधि रक्षा ग¥यो । नामीका लागि सुलक्छाया गुरुङले ५, रोशनी पोखरेलले ४ र पासाङ छोतिन् शेर्पाले १ स्कोर गरे । मल्पी पहिलोदेखि तेश्रो संस्करणको विजेता हो । विजेता र उपविजेता चारै टोलीका प्रशिक्षक राष्ट्रिय बास्केटबल खेलाडी रविन खत्री हुन् । ब्वाइज÷गल्र्स दुवैमा पहिलो हुनेले १० हजार तथा दोश्रोले ५ हजार नगद पुरसकार हात पारे ।
ब्वाइजमा नामीका विकी ऐडी क्षेत्री तथा गल्र्समा नामीकै रोशनी पोखरेल ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । ब्वाइजमा आयुश लामा तथा गल्र्समा श्रेया शाही प्रतियोगिताकै सर्वाधिक स्कोरकता बने । आयुशले २६ तथा श्रेयाले १२ स्कोर गरे । सर्वाधिक स्कोरकर्ताद्वय मल्पीका हुन् ।
विजेतालाई मल्पीकी प्रिन्सिपल जन थापा र युटीएस इन्सर्चकी रिजनल म्यानेजर अपराजिता मल्लले एक कार्यक्रमबीच पुरस्कृत गरे । ब्वाइजमा १० टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए । गल्र्समा ३ टिमले राउन्ड रोविन लिगका आधारमा खेलेका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु