आज असोज १२ गते शुक्रबार :कस्तो छ तपाईंको दिन ? हेर्नुस राशिफलनेपाल डेरी एसोसिएसनको २३ औं वार्षिक साधारणसभा धनगढीमा हुने ""नेपाल डेरी एसोसिएसनको टिमले बंगलादेशको भ्रमण""परदेशका नेपाली स्वदेशमा फर्कन चाहन्छन त ?"आज इन्द्रजात्रा, काठमाडौं उपत्यकामा सार्बजनिक बिदासस्तोमा श्रम बेच्न बाध्य नेपालीलाई उचित पारिश्रमिक दिलाउन सातै प्रदेशमा स्कील तथा भोकेशनल एजुकेशन सीपमूलक कार्यक्रमएसियाली खेलकुदफर्निचर फर्निसिङका उत्पादनको कुम्भ मेला ‘फर्नेक्स २०२३’ सुरु, एकै छानामुनी सयौं उत्पादनहेर्नुस् आज मिति २०८० साल असोज ११ गते बिहिबारको राशिफल२४ महिना २४ बाचा’ सार्वजनिक गर्दै एनआरएनए अध्यक्ष पदमा शर्माको उम्मेदवारी घोषणा

११ देशका ३५० अन्तर्राष्ट्रिय कलाकारको कुम्भ मेला सम्पन्न

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ फाल्गुन २७ गते, मंगलवार १४:२४

काठमाडौं- एभरेष्ट नेपाल कल्चरल ग्रुपको अगुवाइमा भएको दशौं संस्करणको अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेलाको समापन भएको छ । ‘पर्यटक कलाकारको स्वागत सत्कार, नेपाली लोक संस्कृतिको आधार’ भन्ने मुल नाराका साथ उपराष्ट्रपति नन्दबहादुर पुनको प्रमुख आतिथ्यमा राजधानीमा एक भव्य कार्यक्रमबीच १७ फागुनमा शुभारम्भ भएको मेला काठमाडौं, ललितपुर र पोखरामा आयोजना गरिएको थियो ।

मेलामा बङ्लादेश, बुल्गेरिया, डेनमार्क, इस्टोनिया, भारत, नेपाल, इजरायल, मलेसिया मेक्सिको, श्रीलंकाका ३५० भन्दा बढी कलाकारहरुले कला प्रस्तुत गरेका थिए । बिभिन्न देशबाट आएका तीनसय पचास भन्दा बढी कलाकारहरु उपस्थिति रहेको थियो मेलामा नेपाललगायत सबै देशका कलाकर्मीले आफ्नो देशको लोक सांस्कृतिक नृत्य गीत प्रस्तुत गरेका थिए ।

राजधानीको कान्तिपथ स्थित होटल एलो प्यागोडमा समापन गरिएको कार्यक्रममा मेलामा सहभागी कलाकारलाई बिशेष सम्मान प्रदान गरिएको थियो ।

नेपाली लोक सांस्कृति संरक्षण तथा सम्वद्र्धन गर्ने प्रमुख उद्देश्यका साथ बाईस बर्ष अगाडी स्थापना भएको संस्थाले स्थापनाकालदेखि नै लोक सांस्कृति तथा पर्यटकीय विकासमा टेवा पुर्‍याउने उद्देश्यले आफ्नै मौलिक लोक सांस्कृतिक झल्कने कार्यक्रमहरु स्वदेश तथा बिदेशमा प्रस्तुत गरी नेपालको गरिमा बढाउने कार्य गर्दै आएको एभरेष्ट नेपाल कल्चर ग्रुपका अध्यक्ष तथा दशैं अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला संयोजक रामचन्द्र कोइरालाले बताए । मेलाको शुभारम्भ फागुन १७ गते गरिएको थियो ।

बिभिन्न देशका कलाकारहरुले फागु पुर्णिमा मनाउनको लागि आफ्न्रो नेपाल बसाइ केही दिन लम्ब्यायका थिए।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु