हामी अर्को पार्टी निर्माण गर्छौं, ६ वटा मन्त्रालय लिएर सरकारमा सहभागी हुन्छौं ः मेटमणि चौधरी (भिडिओसहित)एनआरएन अष्ट्रेलियाको अध्यक्षमा नन्द गुरुङको पल्ला भारी, आगामी कार्यकालका लागि अध्यक्षमा गुरुङ र रेग्मी प्रतिस्पर्धामापछिल्लो २४ घण्टामा ३ हजार ६११ जनामा कोरोना भाइरस संक्रमण पुष्टिएनआरएनए अस्ट्रेलियाको चुनाबमा एनएसडब्लुको प्रदेश सहसचिव पदमा जोशीको उमेदवारीदमौलीमा सञ्चालनमा आयो ‘लमजुङ सिद्धार्थ होटल एण्ड लज’हेर्नुस् आज के छ देशभरिको मौसम पूर्वानुमानदैब नी बोल्यो पापी होस् भनेरजुडो टोली स्विट्जरल्यान्ड जानेआज मिति २०७८ साउन १५ गते, शुक्रवारको राशिफलपछिल्लो घण्टामा देशैभरी ३,३६५ जना कोरोनाका नयाँ संक्रमित थपिए
  • हिमालयन अन्तर्रा्ष्ट्रिय नेपाली म्युजिक अवार्डको तेस्रो संस्करण सम्पन्न

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २८ फाल्गुन २०७६, बुधबार ०९:२२

    काठमाडौ ।सृजनाको मुल्यांकन स्रष्टाको सम्मान, नेपाली संगीतको प्रवद्र्धन हाम्रो अभियान’ भन्ने नाराका साथ हिमालयन अन्तर्रा्ष्ट्रिय नेपाली म्युजिक अवार्डको तेस्रो संस्करण सम्पन्न भएको छ ।
    शनिबार काठमाडौंस्थित राष्ट्रिय नाचघरमा सम्पन्न अवार्डमा लोक, आधुनिक, पप, तामाङ सेलो, म्हेन्दोमाया, चलचित्र र म्युजिक भिडियोका विभिन्न विधामा अवार्ड प्रदान गरिएको छ ।
    अवार्ड कार्यक्रमलाई सम्बोधन गर्दै संघीय सांसद एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य बहादुरसिंह लामा तामाङले कलाकारले समाज र राष्ट्रलाई जागृत गराउने भएकोले स्रष्टाको सम्मान नै समग्र मुलुकको सम्मान भएको बताए । उनले यस किसिमको सम्मान नेपाल सरकारले नियमित गर्नुपर्ने बेलामा केही संघसंस्था अघि सरेकोमा गर्व गर्दै धन्यवाद दिए ।
    यसैगरी नेपाली कांग्रेसमा नेता एवं पूर्वराज्यमन्त्री दिलमान पाख्रिनले विभिन्न विधाका स्रष्टाहरुले नेपाली समाजलाई गोलबद्ध गर्दै अन्तर्रा्ष्ट्रिय रुपमा मुलुकलाई चिनाएकोमा खुशी व्यक्त गरे ।
    हिमालयन नेपाली इभेन्टस प्रा.लि. ले आयोजना गरेको अवार्ड युएईमा तय भएतापनि कोरोना भाइरस संक्रमणको कारणले काठमाडौंमा गरेको अध्यक्ष सविन घिसिङले जानकारी दिए ।
    अवार्ड कार्यक्रम यसअघि मलेसिया र कतारमा सम्पन्न गरिसकेको छ । कार्यक्रममा गीतकार भरत बमजन, गायक लाक्पा शेर्पा, साहित्यकार योगेश राल्फाली, नेशनल मिडिया सर्भिस प्रालिका प्रबन्ध निर्देशक अदिप पाठक, गायक शुभबहादुर, तामाङ चलचित्र निर्देशकद्धय विनय दोङ र अरुण घिसिङ लगायतले अवार्ड प्रदान गर्दै शुभकामना दिए ।

    क कसले पाए त अवार्ड ?

    १ सर्बाेत्कृष्ट चलचित्र पाश्र्व गायन पुरुष ः यश कुमार

    २ सर्बाेत्कृष्ट चलचित्र पाश्र्व गायन महिला ः दिपा लामा

    ३ राष्ट्रिय भाव गीत गायन ः दुर्गेश थापा

    ४ वर्ष सर्बाेत्कृष्ट चर्चित गीत ः आशुसेन लामा

    ५ लोक तथा दोहोरी गायिका ः शर्मिला श्रेष्ठ

    ६ लोक गीत गायन महिला ः रेखा थापा मगर

    ७ आधुनिक गीत गायन ः कर्णराज गिरी

    ८ पप गीत गायन पुरुष ः सबीन लामा

    ९ सर्बाेत्कृष्ट चलचित्र अभिनेता पुरुष ः दावा फिञ्जो तामाङ

    १० सर्बाेत्कृष्ट चलचित्र अभिनेत्री ः श्याम माया गुरुङ

    ११ सर्बाेत्कृष्ट तामाङ चलचित्र नव अभिनेत्री ः इन्दिरा वाइबा

    १२ सर्बाेत्कृष्ट म्युजिक भिडियो मोडल पुरुष ः नयन डि सी

    १३ सर्बाेत्कृष्ट म्युजिक भिडियो निर्देशक ः भुवन स्याङ्बो तामाङ

    १४ सर्बाेत्कृष्ट पप गायक पप्लिक च्वाइस ः सशांक कंडेल ्

    १५ सर्बाेत्कृष्ट म्हेन्दोमाया गायक ः आर बी लामा वाङदेन

    १६ सर्बाेत्कृष्ट म्हेन्दोमाया गायीका ः छिमी मम्बा तामाङ

    १७ म्हेन्दोमाया गायीका पप्लिक च्वाइस ः मीना लामा

    १८ म्हेन्दोमाया लोकप्रिय गायक ः रेशा तामाङ

    १९ म्हेन्दोमाया पप्लिक च्वाइस गायक ः विश्व पासा तामाङ

    २० म्हेन्दोमाया म्युजिक कम्पोजर नव प्रवेशी ः अर्जुन थोकर साइला

    २१ पप गीत गायन जुरी ः सपन श्रेष्ठ

    २२ लोक पप गीत गायन ः सुनिल थापा मगर

    २३ लोक तथा दोहोरी गीत गायन नव प्रवेशी महिला ः शर्मिला तामाङ

    २४ लोक तथा दोहोरी गीत गायन नव प्रवेशी पुरुष ः पासाङ लामा

    २५ लोक तथा दोहोरी म्युजिक भिडियो मोडल पुरुष नव प्रवेशी ः सुरज चन्द्र घिसिङ

    २६ लोक तथा दोहोरी म्युजिक भिडियो मोडल महिला नव प्रवेशी ः सुजु श्रेष्ठ

    २७ लोक तथा आधुनिक म्युजिक भिडियो मोडल पुरुष ः धनराज मगर

    २८ सेलो तथा आधुनिक म्युजिक भिडियो मोडल पुरुष ः मिलन लामा

    २९ सर्बाेत्कृष्ट प्रवाशी सेलो पप गायक ः हरि मोक्तान युएई

    ३० सर्बाेत्कृष्ट प्रवाशी पप गायक ः सुनिल कटुवाल अष्ट्रेलिया

    ३१ नव लोक दोहोरी गायन जुरी महिला ः रुकमाया वादा

    ३२ नव लोक दोहोरी गायन जुरी पुरुष ः गम न्यौपाने

    ३३ लोकप्रिय लोक तथा दोहोरी गीत गायन महिला ः सन्ध्या परियार

    ३४ आधुनिक तथा तामाङ गीत रचना ः जैजा तामाङ

    ३५ लोक तथा दोहोरी गीत रचना ः गणेश चौलागाई

    ३६ पप गीत गायन महिला ः बबिता राई अनुमा

    ३७ सेलो गीत गायन नवप्रवेशी ः रोम लामा

    ३८ बाल गायिका ः सुप्रिना कार्की

    ३९ लोक तथा दोहोरी म्युजिक भिडियो मोडल महिला ः रीना थापा मगर

    ४० आधुनिक म्युजिक भिडियो मोडल महिला ः आशा गौतम

    ४१ लोक तथा म्हेन्दोमाया गायिका ः निशा लामा

    ४२. सर्बाेत्कृष्ट प्रबासी चलचित्र अभिनेता : फुर्वा दोर्जे मोक्तान मलेसिया
    ४३. भिडियो निर्देशक तथा कलाकार : दुर्गा बिरही

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु