प्रकाश सपुत लाइभ इन कन्सर्ट' अष्ट्रेलियाको सिड्नीमा हुँदैएसियाली खेलकुद क्बड्डीमा नेपाल सेमिफाइनलमावीरजंङ्ग स्मृति खुल्ला पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता’ को तयारी पूरा, पुलिस क्लबसहित नौ वटा टिम सहभागी हुनेविज्ञानका उत्कृष्ट शोधार्थी विद्यार्थी लाई अनुदाननेपाली फुडगुरू सुरेश चन्द्र बस्नेत गोल्डेन ह्याट अवार्ड बाट सम्मानितहेर्नुहोस् आज मिति २०८० साल असोज १७ गते बुधबारको राशिफलविश्व दौडाहामा रहेका एनआरएनए उपाध्यक्षको उम्मेदवार केसीलाई हङकङमा भव्य स्वागतएमसीसीका सिइओ एलिस अलब्राइट र अर्थमन्त्री डा. महतबीच शिष्टाचार भेटबडादशैंको साइत सार्वजनिककक्षा ११ र १२ को परीक्षा कहिले?

पाटनलाई क्रिकेट उपाधि

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ फाल्गुन २८ गते, बुधबार १६:४५

काठमाडौं, फागुन २८।
पाटन बहुमुखि क्याम्पसले आठौं बीएससी–सीएसआईटी कप राष्ट्रव्यापी टी– २० क्रिकेट प्रतियोगिताको उपाधि बुधबार जितेको छ ।
न्यु समिट कलेजको आयोजनामा मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको फाइनलमा पाटनले एकेडेमियालाई ७ विकेटले पराजित ग¥यो । उपाधिसंगै पाटनले ६० हजार नगद पुरस्कार पायो । एकेडेमियाले ४० हजार नगद पुरस्कारमा चित्त बुझायो ।
टस जितेर ब्याटिङ रोजेको एकेडेमीले निर्धारित २० ओभरमा ८ विकेट क्षतिमा ९८ रन बनायो । मधुसुदन खनालले २२ तथा विपिन महर्जनले १७ रन बनाए । बलिङतर्फ पाटनका निर्मल लुइटेलले ४ ओभरमा १ मैदन राख्दै ८ रन खर्चेर २ विकेट लिए । चारै ओभर गरेका रुपेश बुढाथोकीले २५ रन दिएर २ विकेट चट्काए ।
जवाफमा पाटनले १४.४ ओभरमा ३ विकेट गुमाउदै १ सय रन बनायो । हिमाल ज्ञवालीले २५ र सुनिल खड्काले नटआउट २४ रन जोडे । सुनिल ‘म्यान अफ द म्याच’ बने । बलिङतर्फ एकेडेमियाका चिन्तामणि विश्वकर्माले ३.४ ओभरमा १६ रन खर्चदै २ विकेट हात पारे । भुवन शाहीले ४ ओभरमा १ मैदनसहित १३ रन दिदै १ विकेट लिए ।
पाटनका चक्र तिमल्सिना ‘म्यान अफ द सिरिज’ घोषित भए । चक्रले ७ खेलबाट १७ विकेट लिए । ४ खेलमा १३ विकेट लिएका एकेडेमियाका चिन्तामणि विश्वकर्मा उत्कृष्ट बलर चुनिए । हिमालयन कलेज अफ इन्जिनिएरिङका किरण विष्ट उत्कृष्ट ब्याट्सम्यान ठहरिए ।
विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवाल, न्यु समिटका प्रिन्सिपल डा. शिव दत्त ज्ञवाली, न्यु समिटका निर्देशकत्रय चोकराज दबाडी, भरत गिरी र अजयप्रसाद ढकाल एकेडेमियाका प्रिन्सिपल राजेश श्रेष्ठ, केएमसी नेटवर्कका निर्देशक किशोर गौतमलगायतले एक कार्यक्रमबीच पुरस्कार वितरण गरे । फागुन १७ गतेदेखि सुरु प्रतियोगितामा १३ छात्र टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए । नवौं संस्करण पाटनले आयोजना गर्ने भएको छ । विजेताले अर्को संस्करण आयोजना गर्ने प्रावधान अनुरुप पाटनले नवौं संस्करण आयोजना गर्ने भएको हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु