भिषण बर्षाको कारण उत्पन्न बाढि पिडितहरुलाई राहत सामाग्री हस्तान्तरणलायन्स क्लब काठमाडौँ समर्पण र हिन्दू स्वयम्सेवकद्धारा हेलम्बुमा राहतदूध तथा दुग्ध पदार्थ ढुवानी गर्ने गाडीमा प्रयोग हुने प्रतीक चिन्ह प्रयोग गर्न आव्हानकाठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एक साता थपियोपछिल्लो २४ घण्टामा ३४५६ जना संक्रमणमुक्तनेप्से आज ६३ दशमलब ११ अंकको गिरावटसाताको कोरोबारको पहिलो दिन आज के छ नेपाली बजारमा सुनचाँदीको मुल्यबाढी पैह्रोका मुख्य स्रोतहरु तथा समाधानका उपायहरुउद्यमशील महिला समूहले पनि राहत बाँड्योकतारमा अघिल्लो कार्यकालको अधुरा कार्य पुरा गर्न मुक्तदाको पुनः उम्मेदवारी - मुक्तदाका प्रतिबद्धताहरुः
  • ६ प्रतिशतले घटेको नेप्से आज ५. ४७ प्रतिशतले सुधार

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २८ फाल्गुन २०७६, बुधबार १६:५३

    काठमाडौं, फागुन २८ । अघिल्लो दिन घटेको सेयर बजार बुधबार भने ७३ अंकले बढेको छ। अघिल्लो दिन ६ प्रतिशतले घटेको नेप्से यस दिन ५. ४७ प्रतिशतले सुधार भएको छ। आजको कारोबारपछि परिसूचक १४२३ अंकमा कायम भएको छ।

    २ अर्ब २२ करोडको सेयर किनबेच भएको छ। यस दिन बैंकिङ ६८, व्यापार ६५, होटल ९९, विकास बैंक ७४, जलविद्युत ४८, फाइनान्स २०, निर्जीवन बीमा समूह ४४५, उत्पादन १०९, अन्य १९, माइक्रोफाइनान्स ११७ र जीवन बीमा समूह ५१० अंकले बढेका छन्। कारोबारका आधारमा यस दिन पनि नेपाल लाइफ इन्स्योरेन्स अग्रस्थानमा रह्यो। सो कम्पनीको २३ करोड ६६ लाख रुपैयाँको सेयर किनबेच भयो।

    दोस्रोमा रहेको एनआइसी एसिया बैंकको १४ करोड ६६ लाखको किनबेच भयो। एनएमबि बैंक, हिमालय डिस्टिलरी तथा नविल बैंक पनि कारोबारका आधारमा उत्कष्ट पाँचभित्र पर्न सफल भए।

    साल्ट ट्रेडिङ, लक्ष्मी लघुवित्त, एभरेष्ट इन्स्योरेन्स, स्वाभिमान लघुवित्तको मूल्य १० प्रतिशतले बढ्यो। नेको इन्स्योरेन्स, सबैको लघुवित्त, युनाइटेड इन्स्योरेन्स, आशा लघुवित्त, शिवम् सिमेन्ट र महिला सहयात्रा माइक्रोफाइनान्सको मूल्य ९. ९० प्रतिशत बढीले बढ्यो।

    हिमाल दोलखा हाइड्रोपावरको मूल्य ९ प्रतिशतले घट्यो। नेपाल फाइनान्सका लगानीकर्ताले ७ प्रतिशत मूल्य गुमाए भने खानीखोला हाइड्रोको मूल्य ५ प्रतिशतले घट्यो।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु