हामी अर्को पार्टी निर्माण गर्छौं, ६ वटा मन्त्रालय लिएर सरकारमा सहभागी हुन्छौं ः मेटमणि चौधरी (भिडिओसहित)एनआरएन अष्ट्रेलियाको अध्यक्षमा नन्द गुरुङको पल्ला भारी, आगामी कार्यकालका लागि अध्यक्षमा गुरुङ र रेग्मी प्रतिस्पर्धामापछिल्लो २४ घण्टामा ३ हजार ६११ जनामा कोरोना भाइरस संक्रमण पुष्टिएनआरएनए अस्ट्रेलियाको चुनाबमा एनएसडब्लुको प्रदेश सहसचिव पदमा जोशीको उमेदवारीदमौलीमा सञ्चालनमा आयो ‘लमजुङ सिद्धार्थ होटल एण्ड लज’हेर्नुस् आज के छ देशभरिको मौसम पूर्वानुमानदैब नी बोल्यो पापी होस् भनेरजुडो टोली स्विट्जरल्यान्ड जानेआज मिति २०७८ साउन १५ गते, शुक्रवारको राशिफलपछिल्लो घण्टामा देशैभरी ३,३६५ जना कोरोनाका नयाँ संक्रमित थपिए
  • कमल थापाले अब पार्टी नफुटाउने

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २८ फाल्गुन २०७६, बुधबार १७:०६

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अब पार्टी नफुटाउने ‘कसम’ खाएका छन्। कमल थापा नेतृत्वको राप्रपा र पशुपति शम्शेर तथा प्रकाशचन्द्र लोहनी नेतृत्वको राप्रपा संयुक्तबीच एकताको सहमति पछि बुधबार राजधानीमा एकता घोषणासभा भएको हो ।

    एकता घोषणासभालाई सम्बोधनका क्रममा भगवत गीताको पुस्तक खल्तीबाट निकाल्दै थापाले भने, ‘पार्टीलाई माया गर्ने साथीलाई साक्षी राखेर प्रतिज्ञा गर्दछौं । म कहिल्यै पनि पार्टी फुटाउने छैन। तपाईंहरूलाई विश्वास लागेन ? मैले गीता ल्याएको छु। यो गीता हातमा राखेर म भन्छु, राप्रपा फुट्दैन।’

    अहिले सभालाई अर्का अध्यक्ष पशुपति शम्शेर जबरा, र डा. प्रकाशचन्द्र लोहनीले सम्बोधन गरे। दुई पार्टीबीच एकताका लागि शनिबार राति अबेर सहमति जुटेको थियो। समान हैसियतमा तीन अध्यक्ष रहने गरी एकताको समहति भएको हो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु