शिक्षा विधेयकको विरोधमा शुक्रबार तेस्रो दिन पनि शिक्षकहरुले प्रदर्शन जारीअबदेखि भाइबरबाट पनि बससेवाको अनलाइन बस टिकट काट्न सकिनेविश्व विद्यालय दूध दिवसको अवसरमा कविता प्रतियोगिता गराइने "NeBA and Li-Ning Company Host Farewell for Women's 3x3 Basketball Teamआश्विन ५ गते शुक्रबार : यस्तो छ तपाईंको आजको राशिफलसनातन हिन्दु धर्मको रक्षागर्नु हाम्रो जिम्मेवारी हो : रामबाबाप्रोलिफिक स्कुलको आयोजनामा छात्र फुटसल प्रतियोगिता २०८० को पुरस्कार बितरणभोट गर्न सबैमा गणेश श्रेष्ठको अनुरोधअसोज १० गतेदेखि फर्निचर एक्स्पो सुरु हुँदै, आर्थिक कृयाकलाप चलायमान बनाउने अपेक्षानिक्षेप तथा कर्जा सुरक्षा कोर्षको भूमिका महत्वपूर्णः अर्थमन्त्री डा. महत

विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसलाई विश्वव्यापी महामारीको घोषणा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ फाल्गुन २९ गते, बिहीबार ११:४३

काठमाडौँ । विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसलाई विश्वव्यापी महामारीको घोषणा गरेको छ । संगठनका प्रमुख ट्रेडोस घेब्रेयसीसले कोरोना संक्रमणलाई विश्वव्यापी महामारी भएको बताएका छन् । उनले एक भाइरसले विश्वभर यस्तो महामारी बनाउछ भन्ने यस अघि नदेखिएको उनले बताएका छन् ।

उनले महामारी शब्दलाई हल्का रुपले लिन नहुने भन्दै यसमा लापरवाही गरे ठुलो नोक्सानी बेहोर्नु पर्ने ट्रेडोसले चेतावनी दिएका छन् ।

संगठनका आपतकालीन प्रमुख डा. माइक रियानले यो महामारी चीन, इटाली र इरानजस्तो अवस्थामा अन्य देश पनि पर्ने चेतावनी समेत दिएका छन् । अहिले चीनपछि इरान र इटालीमा कोरोनाको संक्रमण बढी देखिएको भन्दै उनले यस्तो अवस्था अन्य देशमा समेत आउन सक्ने बताए ।

विश्वभर कोरोनाको संक्रमण एक लाख १५ हजार भन्दा बढीमा देखिएको र करिब ४४ सयको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा थप १२ देशमा कोरोनाको संक्रमण देखिएको छ भने तिब्र गतिमा फैलिने क्रम जारी रहेको छ । कोरोनाको इपिसेन्टर मानिएको चीनमा कोरोना नियन्त्रण उन्मुख रहेपनि एशियाका अन्य देश, युरोप र अमेरिकामा तिब्र गतिमा फैलिरहेको छ ।

चीनपछि इटालीमा कोरोनाको असर बढी देखिएको छ । पछिल्लो २४ घन्टामा इटालीमा १९६ जनाले ज्यान गुमाएका छन् भने अहिलेसम्म मृत्यु हुनेको संख्या ८२७ पुगेको छ ।

त्यस्तै इरानमा ३५४, कोरियामा ६१, स्पेनमा ५४, फ्रान्समा ४८, अमेरिकामा ३७, जनाले ज्यान गुमाइसकेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु