आगामी चैतसम्म तीन करोड मात्राभन्दा बढी कोरोना विरुद्धको खोप ल्याउने तयारीअसोज दोस्रो सातादेखि तेस्रो लहर आउन सक्ने प्रक्षेपणसुनको चुरा’ बोलको तिज गीत सार्वजनिकचाँडै नै श्रद्धा रोमान्टिक फिल्म ‘चालबाज इन लन्दन’ मा देखिनेसमाजवादी पार्टीको आधिकारिकता उपेन्द्र यादव पक्षलाईआज मिति २०७८ साउन १२ गते, मंगलवारको राशिफलमन्त्री कार्की समक्ष चेम्वर प्रतिनिधि मण्डलद्धारा सुझाव प्रस्तुत, कोरोना महामारीका कारण पहिलो क्षति निजी क्षेत्रले भोग्नु परेको प्रष्टोक्तीएनआरएनए एनसीसी यूएईको अध्यक्षमा कार्यबाहक अध्यक्ष निरन्जन सिलवालले उम्मेदवारी घोषणापछिल्लो घण्टामा देशैभरी ३,४२१ जना कोरोनाका नयाँ संक्रमित थपिएआयुषको'तिमी र म'मा ग्रेसी (भिडियो )
  • प्रधानमन्त्री केपी शर्मा ओली को डिस्चार्ज हुन अझै केही दिन समय लाग्ने

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २९ फाल्गुन २०७६, बिहीबार १५:०४

    काठमाडौं । दोस्रो पटक मिर्गौला प्रत्यारोपण गराएर अस्पतालमै स्वास्थ्यलाभ गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओली डिस्चार्ज हुन अझै केही दिन समय लाग्ने भएको छ । अस्पताल स्रोतकाअनुसार प्रधानमन्त्री ओलीलाई अहिले ज्वरो देखिएको छ । हुन त उनको ज्वरो सामान्य रहेको छ ।

    अहिले प्रधानमन्त्री ओलीको रगत र पिसाबको परीक्षण गरिएको छ । त्यसको रिपोर्ट आउन अझै समय लाग्ने भएको हो । प्रधानमन्त्री ओलीलाई मिर्गौला दान गरेकी समिक्षा संग्रौला भने हिजौ डिस्चार्ज भएकी छिन् । प्रधानमन्त्री ओली पनि हिजै डिस्चार्ज हुने तयारी थियो । तर, ज्वरो देखिएपछि अब आईतबारपछिमात्रै डिस्चार्ज हुनसक्ने बुझिएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु