दुई दिनमा १७ हजारले गरे फर्निचर एक्स्पोको अवलोकनएनआरएनए अध्यक्षमा रविना थापाको उम्मेदवारी घोषणाआज असोज १२ गते शुक्रबार :कस्तो छ तपाईंको दिन ? हेर्नुस राशिफलनेपाल डेरी एसोसिएसनको २३ औं वार्षिक साधारणसभा धनगढीमा हुने ""नेपाल डेरी एसोसिएसनको टिमले बंगलादेशको भ्रमण""परदेशका नेपाली स्वदेशमा फर्कन चाहन्छन त ?"आज इन्द्रजात्रा, काठमाडौं उपत्यकामा सार्बजनिक बिदासस्तोमा श्रम बेच्न बाध्य नेपालीलाई उचित पारिश्रमिक दिलाउन सातै प्रदेशमा स्कील तथा भोकेशनल एजुकेशन सीपमूलक कार्यक्रमएसियाली खेलकुदफर्निचर फर्निसिङका उत्पादनको कुम्भ मेला ‘फर्नेक्स २०२३’ सुरु, एकै छानामुनी सयौं उत्पादन

नेप्से परिसूचक आज दोहोरो अङ्कले घटेयो

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ फाल्गुन २९ गते, बिहीबार १७:१५

काठमाडौँ, फागुन २९ । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले घटेको छ । मङ्गलबार झण्डै ६ प्रतिशतले बजार घटेपछि नकारात्मक सर्किट लागेको नेप्सेमा बुधबार भने राम्रो सुधार भएको थियो । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से झण्डै ४६ अङ्कले घटेको छ । नेप्से ४५.९१ अङ्कले घटेर एक हजार ३७७.१८ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ९.१९ ले घटेर २९५.५० मा पुगेको छ । कूल १८२ कम्पनीको ५६ लाख ८६ हजार ६८१ कित्ता शेयर रु दुई अर्ब २० करोड ६६ लाख ६२ हजार १८२ बराबरको कारोवार भएको छ । नेप्सेका अनुसार कारोवार भएका कूल १२ उपसमूहकै शेयर ओरालो लागेको छ । बैंकिङ ४०.४२, व्यापार १२.०९, होटल ९२.६७, विकास बैंक ४६.६, जलविद्युत् ३२.९१, वित्त १५.३७, निर्जीवन बीमा ३१७, उत्पादन ७६.२५, अन्य १५.२२, लघुवित्त ८९.६३, जीवन बीमा २३७.३ र सामूहिक लगानी कोष ०.१९ ले घटेको छ । कारोवारका आधारमा आज नेपाल लाइफ इन्स्योरेन्स कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु १९ करोड ८२ लाख १५ हजार ६६८ बराबरको कारोवार भएको छ । यस्तै एनआइसी एशिया बैंक रु ११ करोड ६३ लाख ८५ हजार ६८३, एनएमबी बैंक रु नौ करोड ४१ लाख ६५ हजार २६१, शिवम् सिमेन्ट रु सात करोड ८२ लाख ४८ हजार १३९, हिमालयन डिस्टिलरी रु सात करोड सात लाख ६ हजार ६४६, नेपाल बैंक लिमिटेड रु पाँच करोड ८९ लाख ६९ हजार ४३१ र नवील बैंक रु पाँच करोड २३ लाख ३० हजार ८६४ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे । कारोवारका आधारमा आज श्री इन्भेस्टमेन्ट फाइनान्स कम्पनी २.४८, एविएल डिवेञ्चर १.९८, दिव्यश्वरी हाइड्रोपावर १.९६, नविल व्यालेन्स फण्ड १.९६ र महिला सहयात्रा माइक्रोफाइनान्सका शेयरधनीले १.७० प्रतिशतले कमाएका छन् । त्यस्तै स्वाभिमान लघुवित्त १०, राधी विद्युत् कम्पनी ९.५२, हिमाल दोलाख हाइड्रोपावर ९.२७, बोटलर्स नेपाल तराई ८.४५, स्पर्श लघुवित्त ८.०५, आइएमई जनरल इन्स्योरेन्स ७.१९ र नेपाल फाइनान्सका शेयरधनीले ७.१४ प्रतिशतले गुमाए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु