भिषण बर्षाको कारण उत्पन्न बाढि पिडितहरुलाई राहत सामाग्री हस्तान्तरणलायन्स क्लब काठमाडौँ समर्पण र हिन्दू स्वयम्सेवकद्धारा हेलम्बुमा राहतदूध तथा दुग्ध पदार्थ ढुवानी गर्ने गाडीमा प्रयोग हुने प्रतीक चिन्ह प्रयोग गर्न आव्हानकाठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एक साता थपियोपछिल्लो २४ घण्टामा ३४५६ जना संक्रमणमुक्तनेप्से आज ६३ दशमलब ११ अंकको गिरावटसाताको कोरोबारको पहिलो दिन आज के छ नेपाली बजारमा सुनचाँदीको मुल्यबाढी पैह्रोका मुख्य स्रोतहरु तथा समाधानका उपायहरुउद्यमशील महिला समूहले पनि राहत बाँड्योकतारमा अघिल्लो कार्यकालको अधुरा कार्य पुरा गर्न मुक्तदाको पुनः उम्मेदवारी - मुक्तदाका प्रतिबद्धताहरुः
  • भारतले सबै खालका पर्यटक भिसा आगामी अप्रिल १५ सम्मका लागि बन्द

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २९ फाल्गुन २०७६, बिहीबार १८:११

    नयाँ दिल्ली। विश्वव्यापीरुपमा बढ्दो प्राणघातक कोरोना भाइरसको प्रकोपका कारण भारतले पनि पर्यटक भिसा बन्द गरेको छ ।

    भारतले सबै खालका पर्यटक भिसा आगामी अप्रिल १५ सम्मका लागि बन्द गरेको अधिकारीले जानकारी दिएका छन् ।

    साथै भारतले कोरोना भाइरसको प्रकोप रहेका विश्वका विभिन्न सात ओटा देशबाट आएका नागरिकलाई अनिवार्यरुपमा क्वारेन्टाइनमा राख्ने बताएको छ ।

    भारत सरकारले बिहीबार प्रकाशन गरेको एक विज्ञप्तिमा सो जानकारी गराइएको समाचारमा जनाइएको छ ।

    आजै मध्यरातिदेखि भारतले यस्ता भिसा बन्द गर्ने जनाएको सो विज्ञप्तिमा उल्लेख गरिएको छ तर यसअन्तर्गत कूटनीतिक प्रयोजनका लागि आवश्यक, अन्तरराष्ट्रिय संस्थाका भिसा, रोजगारीसम्बन्धी र आयोजनाका भिसा भने यथावत नै रहने बताइएको छ ।

    भारत सरकारले बिहीबार प्रकाशन गरेको विज्ञप्तिमा चीन, इटाली, इरान, गणतन्त्र कोरिया, फ्रान्स, स्पेन र जर्मनीबाट आउने पर्यटकलाई अनिवार्यरुपमा क्वारेन्टाइनमा राखिने पनि जनाएको छ ।

    ती देशबाट भारत प्रवेश गर्ने नागरिकलाई कम्तीमा पनि १४ दिन क्वारेन्टाइनमा राखिने व्यवस्था मिलाइएको भारत सरकारको प्रेस इन्फरमेसन ब्युरोले प्रकाशन गरेको विज्ञप्तिमा जनाइएको छ ।

    भारतमा कोरोना भाइरसका केही सङ्क्रमित फेला परेका छन् तर यसबाट कसैको मृत्यु भने भएको छैन ।

    विश्वका ११० भन्दाबढी देशमा यसको सङ्क्रमण देखिएको छ । अहिलेसम्म यसबाट मृत्यु हुने नागरिकको सङ्ख्या चार हजार ५०० पुगेको बताइएको छ ।

    यसमध्ये ५० हजारभन्दा बढी उपचारपछि घर फर्किएका छन् । यस भाइरसको उद्गमस्थल मानिएको चीनको हुबेई प्रान्तको उहानमा भने अब नियन्त्रणतर्फ आएको समाचारमा जनाइएको छ ।

    चीनबाट निस्किएको यो प्रकोपबाट अहिले भने युरोप र एसियाका केही देश बढी प्रभावित भएका छन् । इटाली यसबाट चीनपछि सबैभन्दा बढी प्रभावित भएको छ भने इरान, दक्षिण कोरिया आदि देशमा पनि यो पुगेको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु