बसन्त’का दुई कृति एकसाथमिसेस नेपाल वल्र्ड–२०२३ को टप २३ प्रतिष्पर्धी सार्वजनिक‘तस्वीरमा ज्येष्ठ नागरिक’ फोटो प्रदर्शनी (फोटो फिचर)हेर्नुहोस् आज मिति २०८० साल असोज १४ गते आइतबारको राशिफलगीति कविता : मैले तिमीसँग किनआईसीएमए नेपाल च्याप्टरद्वारा ६६ जना सीएमए डिग्री हासिल गरेका विद्यार्थी दिक्षीतसमाजबाट दुव्र्यसनलाई कसरी न्युनिकरण गर्न सकिन्छ भन्ने बिषयमा छलफलमाओवादी केन्द्रबाट बारपाक सुलिकोट गाउँपालिका स्तरीय रिटर्नी सेन्टर संगठन गठनप्रज्ञापारमिता स्थापनाको १३ औं बार्षिक उत्सवहाडजोर्नी तथा नसा रोगबारे लेखिएको ‘अर्थोपेडिक प्राक्टिस ईन नेपाल’ पुस्तक भविष्यमा सिद्धान्तको रुपमा विकास हुने डा. लामिछानेको दाबी

सरकारले श्रम आप्रवासनको विविध आयामलाई समेटेर ‘नेपाल श्रम आप्रवासन प्रतिवेदन २०२०’ सार्वजनिक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ फाल्गुन ३० गते, शुक्रबार ०९:१८

काठमाडौं । सरकारले श्रम आप्रवासनको विविध आयामलाई समेटेर ‘नेपाल श्रम आप्रवासन प्रतिवेदन २०२०’ सार्वजनिक गरेको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा आज आयोजित कार्यक्रममा मन्त्री रामेश्वर राय यादवले उक्त अध्ययन प्रतिवेदन सार्वजनिक गर्नुभएको हो । मुख्यतः पाँच भागमा छुट्याइएको प्रतिवेदनमा श्रम आप्रवासन अवस्थाको सिंहावलोकन, वैदेशिक रोजगार संक्षिप्त परिचय, नेपालमा श्रम आप्रवासनको सुशासन, क्षेत्रगत मुद्दाहरु र सुधारका क्षेत्रलाई विस्तृतमा अध्ययन गरिएको छ ।

प्रतिवेदनले श्रम आप्रवासनका क्षेत्रमा राष्ट्रिय, द्विपक्षीय, क्षेत्रीय र विश्वव्यापी तहमा नेपालले शुरुआत गरेको सुधारका प्रयासलाई समेटिएको छ । तथ्यमा आधारित नीति निर्माणको महत्वलाई प्राथमिकता दिँदै प्रतिवेदनले वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीका आधारमा नेपालको श्रम आप्रवासनको प्रवृत्तिको विस्तृतमा विश्लेषण गरिएको छ ।

प्रतिवेदनले श्रम आप्रवासनको सम्भावना तथा चुनौतीलगागत विभिन्न पक्षमा बृहत् जानकारी प्रस्तुत गरेको छ । श्रम आप्रवासनका क्षेत्रमा गर्नुपर्ने सुधारको सम्बन्धमा प्रतिवेदनले सुझावसमेत दिएको छ । सरकारका विभिन्न निकायको उपलब्ध तथ्याङ्क र श्रम आप्रवासनको विभिन्न सुुधार प्रयासको विस्तृत समीक्षाको आधारमा प्रतिवेदन तयार गरिएको मन्त्रालयले जनाएको छ ।

सो अवसरमा मन्त्री यादवले प्रतिवेदनले दिएको सुझावले श्रम आप्रवासन क्षेत्रमा भावी योजना बनाउन सघाउ पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले प्रतिवेदनले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय लक्ष्य हासिल गर्न सहयोगी भूमिका निर्वाह गर्ने बताउनुभयो ।

मन्त्रालयका सचिव विनोद केसीले नेपालमै रोजगारी सिर्जना गर्ने विषयलाई पनि प्रतिवेदनमा समेटिएको बताउनुभयो । वैदेशिक रोजगारीका क्षेत्रमा सुशासनको कमी छ भन्ने विषयलाई प्रतिवेदनले औँल्याएको उल्लेख गर्दै उहाँले कमजोरी सुधारका निमित्त सुझावसमेत दिएको बताउनुभयो । प्रतिवेदन तयार गर्न श्रम सचिव केसीको संयोजकत्वमा सरोकारवाला सहभागी निर्देशक समिति गठन गरिएको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु