काठमाडौं :नेपाली बजारमा सुनको मूल्य आज पनि घटेको छ । एकैदिन ३ हजारले घट्दै सुन आज ७८ हजार ५ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।बुधबार सुन प्रतितोला ४ सयले घटेको थियो । विहिबार ८ सयले घटेर ८१ हजार ५ सयमा कारोबार भएको थियो । यस्तै मंगलबार प्रतितोला ८२ हजार ७ सयमा कारोबार भएको थियो ।महासंघका अनुसार आज चाँदीको मूल्य पनि केहि घटेको छ । आज चाँदी तोलाको ४० रुपैयाँ घट्दै ८२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।अघिल्लो हप्ता सुनको मूल्य उतार चढावमै रहेको थियो । यसले यो हप्ता पनि निरन्तरता पाएको छ ।