प्रकाश सपुत लाइभ इन कन्सर्ट' अष्ट्रेलियाको सिड्नीमा हुँदैएसियाली खेलकुद क्बड्डीमा नेपाल सेमिफाइनलमावीरजंङ्ग स्मृति खुल्ला पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता’ को तयारी पूरा, पुलिस क्लबसहित नौ वटा टिम सहभागी हुनेविज्ञानका उत्कृष्ट शोधार्थी विद्यार्थी लाई अनुदाननेपाली फुडगुरू सुरेश चन्द्र बस्नेत गोल्डेन ह्याट अवार्ड बाट सम्मानितहेर्नुहोस् आज मिति २०८० साल असोज १७ गते बुधबारको राशिफलविश्व दौडाहामा रहेका एनआरएनए उपाध्यक्षको उम्मेदवार केसीलाई हङकङमा भव्य स्वागतएमसीसीका सिइओ एलिस अलब्राइट र अर्थमन्त्री डा. महतबीच शिष्टाचार भेटबडादशैंको साइत सार्वजनिककक्षा ११ र १२ को परीक्षा कहिले?

गौतमबुद्ध विमानस्थल सञ्चालन २०२१ मा मात्रै

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ फाल्गुन ३० गते, शुक्रबार १४:३७

काठमाडौं -कोरोना भाइरस (कोभिड–१९) का कारण गौतमबुद्ध विमानस्थल सञ्चालनमा ढिलाइ हुने भएको छ ।भौतिक संरचना निर्माणको काम अन्तिम चरणमा पुगे पनि उपकरण जडानलगायत काममा अवरोध पुगेकाले विमानस्थल सञ्चालनमा ढिलाइ हुने नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ ।प्राधिकरणका अनुसार विमानस्थलको भौतिक संरचनाको निर्माण करीब ८५ प्रतिशत सकिएको छ । तर, प्राविधिक कामअन्तर्गत उपकरण जडानको काम बाँकी छ । त्यसैले यो सञ्चालनमा आउन करीब ६ महीना लाग्ने र व्यावसायिक रूपमा सञ्चालनमा आउन झन्डै १ वर्ष लाग्ने देखिन्छ ।भौतिक संरचना तयार भइसक्दा पनि कोरोनाको प्रभावले उपकरण जडानलगायत काम प्रभावित हुने भएकाले गौतमबुद्ध विमानस्थलको सञ्चालन मिति केही लम्बिने प्राधिकरणका निर्देशक प्रदीप अधिकारीले बताए । ‘भौतिक संरचनामा समस्या छैन । तर, आवश्यक उपकरण चीनबाट ल्याउनुपर्ने छ । जुन काम कारोनाको कारण ढिला हुने देखिन्छ । यसले समग्र परियोजनालाई असर गर्छ,’ उनले भने ।

विमानस्थल सञ्चालनमा आउन केही महीना ढिला भए पनि समग्र परियोजना ‘कन्ट्रोल’ भन्दा बाहिर भने नभएको उनले बताए । सबै काम सकेर विमानस्थल सञ्चालनमा आउन सन् २०२१ कुर्नुपर्नेे उनले बताए । ‘टर्मिनल भवनमा जडान हुने उपकरणका लागि आयोजनाका अधिकारीले चीनमा रहेको फ्याक्ट्रीको स्थलगत निरीक्षण गर्न (एफएटी) जानुपर्ने हुन्छ । कोरोनाका कारण त्यो काम रोकिएको छ,’ उनले भने, ‘यी उपकरण चीनबाट ल्याउनुपर्नेछ । विमानस्थलको टर्मिनल भवनको फिनिसिङको काम जारी छ । ब्यागेज / यान्डलिङ, यात्रु सुरक्षा परीक्षण मेशिन, एसीलगायत उपकरण जडानको प्रक्रियामा छ । मेशिन जडानमा थप समय लाग्न सक्छ ।’ राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको यो विमानस्थल सन् २०१७ डिसेम्बरभित्र निर्माण सक्नेगरी सन् २०१५ को शुरूमा उद्घाटन गरिएको थियो ।

ठेकेदार कम्पनीको ढिलाइ, स्थानीय अवरोध, मधेश आन्दोलन र कच्चा सामग्री अभाव जस्ता कारणले पटक पटक म्याद थपिएको छ । पछिल्लो पटक सन् २०२० को मार्च महीनासम्मका लागि विमानस्थलको निर्माण अवधि थपिएको थियो । आयोजनामा चिनियाँ कामदार केही समय क्वारेन्टाइनमा बस्नुपर्ने भएकाले तत्कालका लागि केही अवरोध सृजना भएको निर्देशक अधिकारीले बताए । विमानस्थल निर्माणमा ११४ चिनियाँ कामदार छन् । यीमध्ये चीन गएका कतिपय कामदार उतै छन भने नेपाल आएका छ जना कामदार पनि अहिले क्वारेन्टाइनमा बसेका छन् । विमानस्थल चिनियाँ निर्माण कम्पनी नर्थवेस्ट सिभिल एभिएशन कन्स्ट्रक्शन ग्रूपले निर्माण गरिरहेको छ । एशियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा निर्माण भइरहेको यो आयोजनाका लागि दुवै चरणमा गरी रू. ७ अर्ब ३२ करोड हाराहारी खर्च हुने प्राधिकरणले जानकारी दिएको छ ।-abhiyandaily

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु