• कोरोना भाइरसको संक्रमणका कारण चीनले बन्द गर्‍याे सगरमाथाको आरोहण

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ३० फाल्गुन २०७६, शुक्रबार १६:४५

    एजेन्सी- कोरोना भाइरसको संक्रमण फैलिएपछि चीनले आफ्नो मुलुकबाट सरगरमाथाको आरोहण रोकेको छ ।

    कोरोना भाइरसको संक्रमण फैलिन सक्ने त्रास बढेपछि चीनले उत्तरी मोहडाबाट सगरमाथाको आरोहण बन्द गरेको हो । एबिसी न्युजका अनुसार चाइना तिब्बत माउन्टेनेरिङ्ग एसोशियसनले यस्तो निर्णय गरेको पुष्टि गरेको छ ।

    चीनले सगरमाथाको आरोहण बन्द गरेपनि नेपालले भने यसबारे कुनै निर्णय गरेको छैन । सवैभन्दा बढी पर्वतारोहीले नेपालबाट सगरमाथाको आरोहण गर्ने गरेका छन् ।
    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु