• प्रधानमन्त्री केपी शर्मा ओली आज अस्पतालबाट डिस्चार्ज हुने

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ३० फाल्गुन २०७६, शुक्रबार १७:३६

    काठमाडौं, ३० फागुन । प्रधानमन्त्री केपी शर्मा ओली आज अस्पतालबाट डिस्चार्ज हुने भएका छन् । उनलाई आजै डिस्चार्ज गरिने त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा. प्रेमकृष्ण खड्गाले जानकारी दिएका छन् ।
    ओली मृगौला प्रत्यारोपणपछि अस्पतालमै रहँदै आएका थिए । उनलाई १९ फागुनमा भर्ना गरी २१ फागुनमा मृगौला प्रत्यारोपण गरिएको थियो ।

    मृगौलाको सफल प्रत्यारोपणपछि ओली अस्पतालमा चिकित्सकको निगरानीमा थिए । उनको अवस्था सुधार भएपछि डिस्चार्ज गर्न लागिएको जनाइएको छ ।
    दोस्रोपटक मृगौला प्रत्यारोपण गरेका ओली पूरा सक्रिय हुन अझै महिना दिन लाग्नसक्ने चिकित्सकले बताएका छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु