बसन्त’का दुई कृति एकसाथमिसेस नेपाल वल्र्ड–२०२३ को टप २३ प्रतिष्पर्धी सार्वजनिक‘तस्वीरमा ज्येष्ठ नागरिक’ फोटो प्रदर्शनी (फोटो फिचर)हेर्नुहोस् आज मिति २०८० साल असोज १४ गते आइतबारको राशिफलगीति कविता : मैले तिमीसँग किनआईसीएमए नेपाल च्याप्टरद्वारा ६६ जना सीएमए डिग्री हासिल गरेका विद्यार्थी दिक्षीतसमाजबाट दुव्र्यसनलाई कसरी न्युनिकरण गर्न सकिन्छ भन्ने बिषयमा छलफलमाओवादी केन्द्रबाट बारपाक सुलिकोट गाउँपालिका स्तरीय रिटर्नी सेन्टर संगठन गठनप्रज्ञापारमिता स्थापनाको १३ औं बार्षिक उत्सवहाडजोर्नी तथा नसा रोगबारे लेखिएको ‘अर्थोपेडिक प्राक्टिस ईन नेपाल’ पुस्तक भविष्यमा सिद्धान्तको रुपमा विकास हुने डा. लामिछानेको दाबी

मौसम परिवर्तनको असर : रुपन्देहीमा भेटिए डेंगु रोगका ११ बिरामी

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ चैत्र १ गते, शनिबार १८:३९

बुटवल- मौसम परिवर्तनसँगै नेपालमा डेंगु रोगका बिरामी पनि देखापर्न थालेका छन्।

इयर्ली वार्निङ एण्ड रिपोर्टिङ सिस्टम (इवार्स) सेन्टिनल साइट कायम भएका अस्पतालले ३६ जना डेंगुका बिरामी देखिएको प्रतिवेदन सार्वजनिक गरेको छ।

सबैभन्दा बढी डेंगुका बिरामी प्रदेश ५ मा देखिएका छन्। १४ डेंगुका बिरामी देखिएको प्रदेश ५ को रुपन्देही जिल्लामा मात्रै ११ बिरामी देखिएका छन्।

उक्त प्रणाली लागू भएका प्रदेशका विभिन्न अस्पतालहरुबाट सन् २०२० (जनवरीदेखि मार्च १३ सम्म)मा ३६ वटा डेंगुका बिरामी देखिएको प्रतिवेदनमा उल्लेख छ। प्रतिवेदनअनुसार प्रदेश दुई र कर्णाली प्रदेशमा डेंगुको लक्षण भएका बिरामी देखिएका छैनन्।

हेरौं तथ्यांक :

प्रदेश नं- १ मा ६ जना : झापा १, मोरङ ३ र सुनसरीमा २ जना

बागमती प्रदेशमा ९ जना : नुवाकोट, रामेछाप र मकवानपुरमा १/१ जना, काठमाडौं र ललितपुरमा ३/३ जना

गण्डकी प्रदेशमा ५ जना : गोरखा, नवलपरासी सुस्ता पूर्व, म्याग्दी १/१, र कास्कीमा २ जना

प्रदेश नं ५ मा १४ जना :  नवलपरासी सुस्ता पश्चिम, कपिलवस्तु र बाँकेमा १/१ जना, रुपन्देहीमा ११ जना

सुदुरपश्चिम प्रदेशमा २ जना : डडेल्धुरा र कैलाली १/१ जना

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु