आगामी चैतसम्म तीन करोड मात्राभन्दा बढी कोरोना विरुद्धको खोप ल्याउने तयारीअसोज दोस्रो सातादेखि तेस्रो लहर आउन सक्ने प्रक्षेपणसुनको चुरा’ बोलको तिज गीत सार्वजनिकचाँडै नै श्रद्धा रोमान्टिक फिल्म ‘चालबाज इन लन्दन’ मा देखिनेसमाजवादी पार्टीको आधिकारिकता उपेन्द्र यादव पक्षलाईआज मिति २०७८ साउन १२ गते, मंगलवारको राशिफलमन्त्री कार्की समक्ष चेम्वर प्रतिनिधि मण्डलद्धारा सुझाव प्रस्तुत, कोरोना महामारीका कारण पहिलो क्षति निजी क्षेत्रले भोग्नु परेको प्रष्टोक्तीएनआरएनए एनसीसी यूएईको अध्यक्षमा कार्यबाहक अध्यक्ष निरन्जन सिलवालले उम्मेदवारी घोषणापछिल्लो घण्टामा देशैभरी ३,४२१ जना कोरोनाका नयाँ संक्रमित थपिएआयुषको'तिमी र म'मा ग्रेसी (भिडियो )
  • साउदी अरेवियाले कोरोना भाइरसको संक्रमण फैलिन रोक्ने उद्देश्यले दुई हप्ताका लागि अन्तराष्ट्रिय उडान रोक्ने

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १ चैत्र २०७६, शनिबार १९:१५

    काठमाडौं, १ चैत्र । साउदी अरेवियाले कोरोना भाइरसको संक्रमण फैलिन रोक्ने उद्देश्यले दुई हप्ताका लागि अन्तराष्ट्रिय उडान रोक्ने निर्णय गरेको छ । आइतवार देखि नै लागु हुनेगरी अन्तराष्टिय उडान रोकिने साउदी अरवको आन्तरिक मन्त्रालयले जनाएको छ ।

    शुक्रवार २४ जना नयाँ विरामी थपिएसँगै साउदी अरेवियामा कोरोना भाइरसका संक्रमितको संख्या ८६ पुगेको छ । त्यसैले संक्रमणलाई फैलिन नदिन भन्दै साउदी अरवले यस्तो निर्णय गरेको हो । साउदी प्रेस एजेन्सीलाई उधृत गर्दै अरव न्यूजले अन्तराष्ट्रिय उडान आइतवार विहान ११ बजेदेखि रोकिने उल्लेख गरेको छ । मन्त्रालयले दुई साता बीचमा केहि ‘अपवाद स्वरुप’ भनें उडान हुने बताएको छ ।

    यसबीचमा साउदी अरवबाट फर्किन चाहनेहरुका लागि भनें स्वास्थ्य मन्त्रालय, अन्तरिक मन्त्रालय, उड्डयन प्राधिकरण लगायतको समन्वयमा व्यवस्था हुने जनाइएको छ ।

    यसअघि कुवेतले पनि दुई हप्ताका लागि उडाउन रोकिसकेको छ भनें कतारले १४ मुलुकबाट ति मुलुकका नागरिकलाई आउन बन्देज लगाएको छ । साउदीको उडान बन्द गर्ने निर्णयसँगै लाखौं नेपाली कामदार कार्यरत रहेको साउदीबाट नेपाल फर्कन चाहने नेपाली प्रभावित हुने भएका छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु