दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

लगनखेलमा एक दिने स्वास्थ शिविर

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ चैत्र २ गते, आईतवार ७:३०

ललितपुर, ०१ चैत्र – लगनखेलमा एक दिने स्वास्थ्य शिविर संचालनमा आएको छ । सो शिविर शनिवार ललितपुर महानगरपालिका ०५ नम्बर वडा स्थित स्वास्थ्य क्लिनिकमा संचालनमा आएको हो । ललितपुर महानगरपालिका जनस्वास्थ्य अन्तर्गत ५ नम्बर वडा स्वास्थ कार्यान्वयन समितीद्वारा आयोजित उक्त शिविरबाट १३१ जनाले स्वास्थ्य जाँच गराएका छन् । शिविरमा प्यप स्मिर टेस्ट, थाईराइड टेस्ट, हार्ट ईसिजी, प्रेसर, सुगर, अल्ट्रासाउण्ड- युसिजी जाँचको सुविधा उपलब्ध थियो । कार्यक्रम आयोजनाको उदेश्य बारे प्रकाश पार्दै ललितपुर-५ का वडाध्यक्ष विकासमान श्रेष्ठले वडाबासीहरुको स्वास्थ्य अधिकारलाई प्रत्याभुत गर्ने उदेश्यले वार्षिक क्यालेण्डर अनुसार कार्यक्रमको आयोजना गरिएको जानकारी दिए । उक्त शिविर संचालनका लागि पाटन प्याथल्याब र काठमाडौं अल्ट्रासाउन्ड क्लिनिकले प्राविधिक सहयोग गरेका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु