नेपाल डेरी एसोसिएसनको २३ औं वार्षिक साधारणसभा धनगढीमा हुने ""नेपाल डेरी एसोसिएसनको टिमले बंगलादेशको भ्रमण""परदेशका नेपाली स्वदेशमा फर्कन चाहन्छन त ?"आज इन्द्रजात्रा, काठमाडौं उपत्यकामा सार्बजनिक बिदासस्तोमा श्रम बेच्न बाध्य नेपालीलाई उचित पारिश्रमिक दिलाउन सातै प्रदेशमा स्कील तथा भोकेशनल एजुकेशन सीपमूलक कार्यक्रमएसियाली खेलकुदफर्निचर फर्निसिङका उत्पादनको कुम्भ मेला ‘फर्नेक्स २०२३’ सुरु, एकै छानामुनी सयौं उत्पादनहेर्नुस् आज मिति २०८० साल असोज ११ गते बिहिबारको राशिफल२४ महिना २४ बाचा’ सार्वजनिक गर्दै एनआरएनए अध्यक्ष पदमा शर्माको उम्मेदवारी घोषणासङ्घीय निजामती ऐन तत्काल ल्याउन कर्मचारी सङ्गठनको माग

कोरोनाको सन्त्रास : कालोबजारी गर्नेलाई कडा कारबाही गर्नुपर्छ

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ चैत्र ३ गते, सोमबार ०६:५४

काठमाडौं, २ चैत्र । नेपाल उद्योग वाणिज्य महासंघको यही चैत २८ र २९ गते हुने साधारणसभामा बरिष्ठ उपाध्यक्षका उम्मेद्धवार किशोर प्रधानले आफूले महासंघमा २८ वर्ष सक्रिय जीवन बिताएको र थुप्रै काम गरेकोले आफ्नो उम्मेद्धवारीको आधार बलियो भएको स्पष्ट पारेका छन् ।

आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै प्रधानले आफूले विगत २८ वर्षदेखि महासंघ प्रतिनिधित्व गरेको सुनाए । उनले आफूले जील्लानगर र वस्तुगततर्फ महासंघमा प्रतिनिधित्व गरेको स्पष्ट पारे ।

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले आफूले नेपाल जेसिजको समेत राष्ट्रिय अध्यक्ष भएर काम गरिसकेको र एशियाकै बेष्ट योङ प्रेसिडेन्टको अवार्ड पाएको स्मरण गराए ।

उद्योग वाणिज्य महासंघको ६ दशकको ईतिहासमा साना तथा मझौला व्यवसायी तथा उद्यमी अहिलेसम्म नेतृत्वमा पुग्न नसकेको र आफ्नो त्यो सपना रहेकोले अहिले त्यो मौका आएको पनि प्रधानले सुनाए । आफूले महासंघको मर्यादा र संस्थाको इमान्दारितालाई यो जिल्लानगरको वस्तुगतको एशोसिएटका सम्पूर्ण सदस्यलाई सही न्याय दिन्छु भनेर नै उम्मेद्वारी दिएको प्रधानको भनाई छ ।

उनले मुलुकलाई कृषि क्रान्तिबाट समृद्धिको यात्रामा अघि बढाउन सकिने पनि सुनाए । आफूलाई शेखर गोल्छाको साथ र समर्थन रहेको सुनाए । त्यतिमात्रै नभएर, महासंघका भुतपूर्व अध्यक्षहरुको पनि आफूलाई साथ रहेको उनले जनाए । नेपालको कृषि क्षेत्र आयातमुखी भएको उल्लेख गर्दै आफूले यसलाई निर्यातमुखी बनाउनका लागि पहल गर्ने उनको भनाई छ ।

प्रधानले कोरोना भाइरस (कोभिड–१९) को विश्वव्यापी रुपमा प्रभाव परेकोले नेपाललाई पनि आर्थिक रुपमा असर परेको सुनाए । यही मौकामा उद्योगी तथा व्यवसायीहरुले कालोबजारी गरेको भनेर गरिएको गुनासोमा टिप्पणी गर्दै प्रधानले भने,‘कालोबजारी भएको छैन् । अहिले विश्वभरि नै संकटकालिन अवस्था छ । अमेरिकाले त ईमर्जेन्सी घोषणा गरेको छ । नेपालमा प्रिकशन नहुनु दुर्भाग्य हो ।’

उनले अहिलेपनि नेपालमा सभा, सम्मेलन चलिरहेको सुनाउँदै यो पनि दुःखद् अवस्था भएको चित्रण गरे । उनले उद्योगी, व्यवसायीहरुले कालोबजारी र अनियमितता गरेको पाईए कडा कारबाही गर्नुपर्ने बताए । उनले भने,‘तर, कालोबजारी भएको छैन् । यो कुरामा उद्योग वाणिज्य महासंघ सचेत छ ।’ कालोबजारीको वातावरण सिर्जना हुनै नदिने उनले प्रतिबद्धतासमेत व्यक्त गरे ।

उनले आफू युवाकै नेतृत्व गरेर यहाँसम्म आईपुगेको उल्लेख गर्दै युवालाई उद्यमशिलता दिने बताए । उनले भने,‘युवाहरुले एकैचोटी ठूलो सपना देख्नुहुँदैन् । अहिलेसम्म जो जो सफल भएका छन्, उनीहरुको श्रीगणेश साना उद्योगबाट भएको हो ।’ उनले कृषिमा आधुनिकीकरण गर्ने आफ्नो सोच रहेको सुनाए । उनले भने,‘कृषिमा युवालाई संलग्न गराएर उनीहरुलाई उद्यमी बनाउनुपर्छ ।’ उनले युवा पुस्तालाई देशभित्रै सक्षम बनाउनुपर्ने तर्क गरे । नेपालमा पर्यटन, कृषि, हाईड्रोमा अपार सम्भावना रहेको सुनाउँदै युवा पुस्तालाई यसमा संलग्न गराउनुपर्नेमा उनको जोड थियो ।

उनले युवालाई विदेश पलाउन हुनबाट रोक्नुपर्नेमा पनि जोड दिए । उनले भने,‘हामीले युवालाई देशमा राम्रो वातावरण दिन सकेका छैनौं । हामीले युवालाई राम्रो सम्मान दिन सकेका छैनौ. । नेपालमा प्रशस्त अवसर छन् ।’ उनले देशको आर्थिक विकासमा निजी क्षेत्रको ठूलो योगदान रहेको सुनाउँदै सरकारले भने उचित सम्मान नदिएको गुनासो पोखे ।

प्रधानले दुई महिना पछाडी स्वतः अध्यक्ष बन्न लागेका शेखर गोल्छोको समर्थनमा बरिष्ठ उपाध्यक्ष घोषणा गरेका हुन् । प्रधान हाल उपाध्यक्ष छन् । प्रधानलाई गोल्छाले उपाध्यक्ष मनोनित गरेका थिए । महासंघको बरिष्ठ उपाध्यक्षमा प्रधान र चन्द्र ढकालबीच प्रतिष्पर्धा हुँदैछ ।

ढकाललाई अर्का उपाध्यक्ष उमेशलाल श्रेष्ठले समर्थन गरेका छन् । महासंघको संशोधित विधान अनुसार बरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष हुनेछन् । महासंघका तीन खालका सदस्य छन् । एउटा जिल्ला तथा नगर उद्योग बाणिज्य संघ, दोस्रो वस्तुगत संघ र तेस्रो एशोसिएट सदस्य ।

महासंघको ७७ जिल्लाको १०५ जिल्ला तथा नगर उद्योग बाणिज्य संघ छन् र यी सदस्यको मतको भार कुलमा ५० प्रतिशत छ । वस्तुगतमा १ सय ३ सदस्य छन्, उनीहरुको मतभार २० प्रतिशत र एशोसिएटमा ९ सय ३२ सदस्य छन् । उनीहरुको मतभार ३० प्रतिशत छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु