• गजल ( काेराेना र प्रेमसम्वन्धी)

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ३ चैत्र २०७६, सोमबार ०७:४८

    गजल ( काेराेना र प्रेमसम्वन्धी) डा.शम्भु कुमार

    वसन्तकाे आगमन छ, डरमर्दाे काेराेना भाे ।
    मन मुटु साटाैँ भन्दा, डरमर्दाे काेराेना भाे ।

    याे मन भन्छ तिम्राे हात, सिरानी भै अब राखाैँ ।
    स्वार्थ ठूलै बाेकी आयाे, डरमर्दाे काेराेना भाे ।

    तिमी फुल्याै पल्लाे पाखा, बुझ्याै हाेला मनकाे भाका
    अब डाडाे काटाैँ भन्दा, डरमर्दाे काेराेना भाे ।

    समिपमा बस्न हुन्न हातसाथ, अँगालाेमा कस्न हुन्न
    एउटा संसार रचाैँ भन्दा, डरमर्दाे काेराेना भाे ।

    हल्लाएर महाशक्ति विश्वभर, आयाे धेरै सबका घर
    जिन्दगीकाे के छ भर, डरमर्दाे काेराेना भाे।

    तिमी थियाै मनकी रानी, अब आमी कता जानी?
    नयाँ जीवन सुरु गराैँ भन्दा, डरमर्दाे काेराेना भाे ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु