‘तस्वीरमा ज्येष्ठ नागरिक’ फोटो प्रदर्शनी (फोटो फिचर)हेर्नुहोस् आज मिति २०८० साल असोज १४ गते आइतबारको राशिफलगीति कविता : मैले तिमीसँग किनआईसीएमए नेपाल च्याप्टरद्वारा ६६ जना सीएमए डिग्री हासिल गरेका विद्यार्थी दिक्षीतसमाजबाट दुव्र्यसनलाई कसरी न्युनिकरण गर्न सकिन्छ भन्ने बिषयमा छलफलमाओवादी केन्द्रबाट बारपाक सुलिकोट गाउँपालिका स्तरीय रिटर्नी सेन्टर संगठन गठनप्रज्ञापारमिता स्थापनाको १३ औं बार्षिक उत्सवहाडजोर्नी तथा नसा रोगबारे लेखिएको ‘अर्थोपेडिक प्राक्टिस ईन नेपाल’ पुस्तक भविष्यमा सिद्धान्तको रुपमा विकास हुने डा. लामिछानेको दाबीBishal Milan Kendra vs. Tribhuwan Army Club: An Epic Battle Ends with Tribhuvan Army Club Emerging Victoriousरोयल इनफिल्डको Hunter Hertiage Ride 2023 आयोजना

विद्युत महसुल निर्धारणका लागि आयोगले आधुनिक प्रविधि द्वारासार्वजनिक सुनुवाई गर्ने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ चैत्र ३ गते, सोमबार १०:१८

काठमाडौं,चैत ३ – नेपाल विद्युत प्राधिकरणले विद्युत नियमन आयोगमा पेश गरेको उपभोक्ता महसुल निर्धारण सम्वन्धि प्रस्तावमा यहि चैत्र १४,१६ र १७ गते ,सार्वजनिक सुनुवाई को आयोजना गर्न लागेको विद्युत नियमन आयोगका अध्यक्ष दिल्ली बहादुर सिंह
ले जानकारी दिनु भएकोछ । बिहान १० बजे देखि साझ ५ बजे सम्म, डाइनिङ पार्क रेष्टुरेन्ट,मध्य बानेश्वर , पिपलबोट, काठमाडौंमा हुने सुनुवाईमा सम्पुर्ण ग्राहक ,विषय विज्ञ,उपभोक्ता हित संरक्षण सम्बन्धी संस्था, जन–प्रतिनिधि,सञ्चारमाध्याम तथा सारोकार वालाहरुलाई भागलिन अनुरोध समेत गरेका छन् ।
विश्वव्यापी त्राश फैलाएको कोरोना भाइरस (काभिड–१९)का कारण नेपाल सरकारले ठुलो भेला र सभा आयोजना नगर्न अनुरोध गरेको हुदाँ सरोकारवालाहरुले आफ्ना विचार तथा सुझावहरु आधुनिक सूचना प्रविधि समेतको प्रयोग गरी प्रदान गर्न सकिने व्यवस्था गरिएको जनाएको छ ।
विद्युत उत्पादन प्रसारण वितरण र व्यापारलाई सरल, नियमित, व्यवस्थित र पारदर्शी बनाएर विद्युतको माग र आपूर्तिमा सन्तुलन कायम गर्न, विद्युत महशुल निर्धारण गर्न, तथा विद्युत उपभोक्ताको हकहित संरक्षण गर्न,विद्युतको बजारलाई प्रतिस्पर्धात्मक बनाउन र विद्युत सेवालाई भरपर्दो,सर्वसुलभ, गुणस्तरयुक्त र सुरक्षित बनाउन विद्युत नियमन आयोग ऐन२०७४ अन्तर्गत यस आयोगको स्थापना भएको हो ।
विद्युत सेवालाई भरपर्दो, सर्वसुलभ, गुणस्तरयुक्त र सुरक्षित बनाउन आयोगका अध्यक्ष दिल्ली बहादुर सिंहको नेतृत्वले सफल्ता हात पारीसकेको छ ।
हालसम्म हरेक हप्ता २ पटक आयोगको बैठक बस्ने, खुला र निर्भिक रूपले बहसरछलफल गरी सदस्यहरू र आमन्त्रित विज्ञहरू समेत भई कुनै पनि कुराको अन्तिम टुङ्गोमा पुग्ने परिपाटी आयोगमा रहेको छ । आयोगले नियमनको कार्य मात्र गर्ने नभई आवश्यक परेको खण्डमा विद्युत क्षेत्रको प्रवर्द्धनको लागि सहजिकरणको कार्य समेत गर्दै आएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु