सामुदायिक सेवा केन्द्र टुँडालदेवीको आयोजनामा शान्ति सुरक्षा सम्बन्धि छलफल तथा चियापान कार्यक्रम सम्पन्नमिसेस नेपाल वल्र्ड २०२४ का प्रतियोगीले ट्यालेन्ट राउण्डअन्तर्गत आफ्नो भिन्न भिन्न प्रतिभा प्रदर्शनगीति कविता : सिपाहीखेलाडीलाई उपचार खर्चरोयल इन्फिल्ड क्लासमा नेपाली राइडर दीपक साह विजयीकर्णाली प्रदेशका तीन खेलाडी कर्णाली याक्समाआज बडा दशैंको छैटौं दिन,कात्यायनीदेवीको पूजा गरिँदै यस्तो छ : महिमा र पूजाविधियस्तो छ तपाईंको असोज २२ गते मंगलबारको राशिफलविश्व मस्तिष्क पक्षाघात दिवस सम्पन्नबाढीपहिरोबाट भएको क्षतिबारे सातै प्रदेशका मन्त्रीसँग ऊर्जामन्त्रीको छलफल

पनौती बजार आज बिहानैदेखि तनाबग्रस्त

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ चैत्र ४ गते, मंगलवार ०९:५८

काभ्रे, चैत ४ । टिपरको ठक्करबाट सोमबार दिउँसो आमा, छोरीको मृत्यु भएपछि काभ्रेको पनौती बजार आज बिहानैदेखि तनाबग्रस्त बनेको छ ।

पनौती बसपार्कमा टिपरले ठक्कर दिएको ठक्करबाट खानीखोला गाउँपालिका–१ की ३३ वर्षीया जुनीमाया गोले र तीन वर्षीया छोरी स्मारिका गोलेको ज्यान गएपछि आक्रोसित स्थानीय सोमबार दिउँसोदेखि नै प्रदर्शनमा उत्रिएका थिए ।
गाडी तोडफोडसहित जुलुसमा निस्किएपछि स्थानिय प्रसाशनले निषेधित क्षेत्र घोषणा गरेको छ । जिल्लाको स्थिति नियन्त्रण बाहिर जाने देखेपछि प्रशासन कार्यालय काभ्रेले कर्फ्यू आदेश जारी गरेको छ ।
बिहान ९ बजेदेखि लागु हुने गरी पनौती बजारमा अर्को आदेश नभएसम्मका लागि कर्फ्यू लगाइएको प्रहरीले जनाएको छ ।
reportersnepal.com

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु