आगामी चैतसम्म तीन करोड मात्राभन्दा बढी कोरोना विरुद्धको खोप ल्याउने तयारीअसोज दोस्रो सातादेखि तेस्रो लहर आउन सक्ने प्रक्षेपणसुनको चुरा’ बोलको तिज गीत सार्वजनिकचाँडै नै श्रद्धा रोमान्टिक फिल्म ‘चालबाज इन लन्दन’ मा देखिनेसमाजवादी पार्टीको आधिकारिकता उपेन्द्र यादव पक्षलाईआज मिति २०७८ साउन १२ गते, मंगलवारको राशिफलमन्त्री कार्की समक्ष चेम्वर प्रतिनिधि मण्डलद्धारा सुझाव प्रस्तुत, कोरोना महामारीका कारण पहिलो क्षति निजी क्षेत्रले भोग्नु परेको प्रष्टोक्तीएनआरएनए एनसीसी यूएईको अध्यक्षमा कार्यबाहक अध्यक्ष निरन्जन सिलवालले उम्मेदवारी घोषणापछिल्लो घण्टामा देशैभरी ३,४२१ जना कोरोनाका नयाँ संक्रमित थपिएआयुषको'तिमी र म'मा ग्रेसी (भिडियो )
  • चलचित्र पत्रकार संघको ८ औं केन्द्रीय महाअधिवेशन सम्पन्न

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ४ चैत्र २०७६, मंगलवार १२:०९

    काठमाडौं – चलचित्र पत्रकार संघको ८ औं केन्द्रीय महाअधिवेशन सम्पन्न भएको छ । सोमबार भएको संघको चुनावमा अध्यक्षबाट दिनेश सिटौला निर्वाचित भएका छन्। अध्यक्षका प्रत्यासी डब्बु क्षेत्री, गीता अधिकारी र अनिल यादवलाई पछि पार्दै सिटौला अध्यक्षमा विजयी भएका हुन्। विजयी सिटौलाले ७० मत प्राप्त गरे भने डब्बु, गीता र अनिलले क्रमश ३९, १४, १४ मत प्राप्त गरे।

    यस्तै संघको कार्यक्रम उपाध्यक्षमा ७४ मतका साथ जीवन पराजुली निर्वाचित हुँदा उनका प्रतिद्धन्द्धी कुवेर गिरीले ६३ मत प्राप्त गरे। संघको संगठन उपाध्यक्षमा कुवेर डंगोल र महिला उपाध्यक्षमा दीपज्योति थापा भने निर्विरोध भए। संघको महासचिवमा ८८ मतका साथ समिर बलामी निर्वाचित भए। महासचिवका प्रत्यासी बैकुण्ठराज पराजुलीले ५० मत पाए।

    सचिवमा १०५ मत प्राप्त गर्दै रघुनाथ सापकोटा विजयी भए। सचिवका प्रत्यासी राम खड्काले ३१ मत प्राप्त गरे। समावेशी सचिवतर्फ विशाल राई निर्विरोध हुँदा कोषाध्यक्षमा प्रदीप कार्की निर्वारोध भए। संघको सह–कोषाध्यक्षमा विनोद पोखरेल निर्वाचित भए। ६२ मतका साथ पोखरेल निर्वाचित हुँदा सह–कोषाध्यक्षका प्रत्यासी लेख बहादुर आचार्यले ६० मत प्राप्त गरे।

    यसैगरी संघको कार्यसमितिमा नविन गिरी १०५ मत, अन्जान दाहाल (मनिष) ८२ मत, मिलन ढुंगाना ७६ मत, गोपिकृष्ण चापागाईँ ७५ मत, गणेश वली ६९ मत र सृष्टि पोख्रेल ६६ मतका साथ निर्वाचित भए। महिला सदस्यमा सुरक्षा भट्टराई र समावेशी सदस्यमा दीपक गुरुङ निर्विरोध भए।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु