सबैले योग गर्ने बानी बसालौं– सदस्य–सचिव घिसिङसहकारी रोजगार मेला सुरु! रोजगारी खोज्ने युवालाई ठुलो अवसर - सहकारी मन्त्रीआज अन्तर्राष्ट्रिय योग दिवस नेपालमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैगोल्डेनगेट एसईई कप शनिबारदेखि हुनेविद्यालय खेलकुदसँग बक्सिङको साझेदारीआमा कुजाईन रेस्टुरेन्ट क्यानडाका निर्देशक ज्ञानेन्द्र बञ्जारा सम्मानितहेर्नुस् आज असार ७ गते शुक्रबारको राशिफलसगरमाथा आधार शिविरमा ‘विश्व शेफ सम्मेलन’ घोषणा,समाज कल्याण परिषद्लाई सातै प्रदेशमा विस्तार गरिनेपिकोलो रेस्टुरेन्ट एण्ड इभेन्ट्सका प्रवन्ध निर्देशक श्रेष्ठ सम्मानित

उपभोक्ताहरुले आवश्यकभन्दा बढि स्टकमा राख्नु नै प्रमुख कारण

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ चैत्र ४ गते, मंगलवार २०:३७

काठमाडौं, ४ चैत्र । नेपाल एल.पी. ग्याँस उद्योग संघका अध्यक्ष गोकुल भण्डारीले ग्याँसको कुनै समस्या नभएको जिकिर गरे । तर, अहिले देखिएको समस्या उपभोक्ताहरुले आवश्यकभन्दा बढि स्टकमा राख्नुलाई नै उनले प्रमुख कारण देखाएका छन् । उनले भने,‘यो समस्या समाधान गर्ने भनेको आपूर्ति नै हो । स्टक गर्ने ट्रेण्ड हटाउनुपर्छ ।’

मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले दैनिक एक लाख सिलिण्डर देशभरि खपत हुँदै आएको डाटा सुनाउँदै अहिले त्यतिनै मात्रामा आपूर्ति भैरहेकोले कुनै समस्या नहुने जिकिर गरे । उनले भने,‘आवश्यकत्ताभन्दा बढि आपूर्ति नगरौं, यसो गर्न सकियो भने अहिलेको समस्या आफैं समाधान हुन्छ ।’ उनले भारतबाट समयमै ढुवानी भैरहेको र कुनै असर नपरेको पनि स्पष्ट पारे ।

भण्डारीले काठमाडौं उपत्यकामा मात्रै दैनिक ४० देखि ५० हजार सिलिण्डिरको खपत हुने गरेको सुनाए । उनले भने,‘अहिले ३८ वटा उद्योग (डिलर) ले सेवा दिईरहनुभएको छ ।’ उनले कुन डिलरबाट कति ग्याँसल वितरण भएको छ ? भन्नेबारे आफूहरुले संस्थाको वेबसाईटमै आधिकारिक रुपमा अपडेट गर्न लागेको पनि सुनाए ।

उनले ग्याँसको सामान्य र नियमित खपतमा कुनै समस्या नभएको जिकिर गरे । उनले भने,‘आवश्यकत्ताभन्दा बढि होल्ड नगरौं, सुरक्षाको दृष्टिकोणले पनि राम्रो होईन्।’ उनले नियमित ग्याँस आईरहेकोले नआँत्तिन समे आम उपभोक्तालाई आग्रह गरे । उनले थपे,‘ग्याँस आपूर्तिको लागि बोर्डरमा समेत कुनै समस्या छैन् ।’उनले ग्याँस लुकाउने कुरै नहुने भन्दै गलत गर्नेलाई पनि कारबाही गर्नुपर्ने बताए । उनले भने,‘हामीले पनि गलत गर्नेलाई कारबाही गर्न सरकारलाई सहयोग पुर्याउँछौं ।’

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु