सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाको मृत्युदुर्घटनामा परेको जहाजमा सवार १९ जना नै सौर्य एयरलाइन्सका कर्मचारी रहेको पुष्टिमधेश प्रदेशमा शेखर समुह बाट जिवछी यादव राज्यमन्त्री बन्दैआजको मौसम : कहाँ-कहाँ छ आज भारी वर्षाको सम्भावना?तारकेश्वर नगरपालिकामा भोली देखि विशेष पोलियो खोप अभियान सुरु हुनेनेपाली पारा तेक्वान्दोलाई बिदाई तथा शुभकामना कार्यक्रमबागमती प्रदेशको मुख्यमन्त्रीमा बहादुरसिंह लामा नियुक्तहेर्नुस् आज साउन ८ गते मंगलबारको राशिफल१७ करोडको लागतमा निर्माण भएको तारकेश्वर नगरपालिकाको प्रशासनीक भबन उदघाटनविद्यार्थीहरुको मागप्रति आईक्यान जिम्मेवार नभएको भन्दै एनकासाद्वारा चरणवद्ध आन्दोलन घोषणा

नेपाली व्यवसायी संघ कतारले सामाजिक सेवाको दायित्व निर्वाह गर्दै सिडब्लुइएफ नेपाल लाई आर्थिक सहयोग प्रदान

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ चैत्र ५ गते, बुधबार १७:०३

काठमाडौं –नेपाली व्यवसायी संघ कतारले सामाजिक सेवाको दायित्व निर्वाह गर्दै सिडब्लुइएफ नेपाल (स्वेफ नेपाल अर्फन होम) लाई आर्थिक सहयोग प्रदान गरेको छ । सामाजिक सेवाको दायित्व निर्वाह गर्दै संघले संस्थालाई १ लाख २० हजार रुपैयाँ नगद प्रदान गरेको हो ।

जोरपाटी अत्तरखेलमा रहेको संस्थाका लागि संघले सो सहयोग प्रदान गरेको सञ्चालक स्वेता केसीले जानकारी दिइन । ‘सेव नै ठुलो धर्म हो’ भन्ने भनाइलाई पुष्टि गर्दै कतारमा कर्मथलो बनाउनु हुने आदरणीय अग्रज बरिष्ठ समाजसेवीहरूले आज नेपाली व्यवसायी संघ, दोहा कतारद्धारा रु १ लाख २० हजार सहयोग गर्नुभएको छ । आदरणीयहरुले आफुले सकेको सहयोग गर्नु भएकोमा ह्दयदेखि नमन छ’, केसीले भनेकी छन् ।

केसीले कतारलाइ कर्मभूमि बनाएर थुप्रै सामाजिक कार्यमा पसिनाको कमाई केही अंश लगानी गर्दै आएको देखेर आफ्नो दुख बिसाउन पुगेको र संघका अग्रज रमेश भट्ट र अन्यसमेतको सहयोगमा प्रप्त आर्थिक सहयोयले ठूलो राहत पुर्याएको बताइन । ‘हामी लामा समय देखि स्वेफ नेपाल अर्फन होम निर्माण कार्यमा छौं । यो कार्यलाई नियालेर यस गृहको एक वर्षको जग्गा भाडाको लागि रकम सहयोग गर्नु भएकोमा नमन छ’, केसीले उल्लेख गरिन ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु