भिषण बर्षाको कारण उत्पन्न बाढि पिडितहरुलाई राहत सामाग्री हस्तान्तरणलायन्स क्लब काठमाडौँ समर्पण र हिन्दू स्वयम्सेवकद्धारा हेलम्बुमा राहतदूध तथा दुग्ध पदार्थ ढुवानी गर्ने गाडीमा प्रयोग हुने प्रतीक चिन्ह प्रयोग गर्न आव्हानकाठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एक साता थपियोपछिल्लो २४ घण्टामा ३४५६ जना संक्रमणमुक्तनेप्से आज ६३ दशमलब ११ अंकको गिरावटसाताको कोरोबारको पहिलो दिन आज के छ नेपाली बजारमा सुनचाँदीको मुल्यबाढी पैह्रोका मुख्य स्रोतहरु तथा समाधानका उपायहरुउद्यमशील महिला समूहले पनि राहत बाँड्योकतारमा अघिल्लो कार्यकालको अधुरा कार्य पुरा गर्न मुक्तदाको पुनः उम्मेदवारी - मुक्तदाका प्रतिबद्धताहरुः
  • सम्भावित जोखिमबाट बच्न स्थानीय तहले क्वारेन्टाईनको व्यवस्था गर्नुपर्छ’

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ५ चैत्र २०७६, बुधबार १७:१२

    काठमाडौं, ५ चैत्र । सामाजिक अभियन्ता तथा चर्चित कलाकार श्रीकृष्ण सिम्खडाले तत्काल देशभरिका शैक्षिक संस्थाहरु बन्द गर्नुपर्ने माग गरेका छन् । आफूले यसअघिपनि कोरोनाबाट बच्नको लागि नेपाल सरकारले पूर्वतयारीस्वरुप देशभरिका विद्यालय बन्द गर्नुपर्छ भनेर आग्रह गरेको स्मरण गराउँदै आफ्नो मागप्रति वर्तमान सरकार गम्भिर नभएको समेत सिम्खडाको गुनासो छ ।
    बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गर्दै कलाकार सिम्खडाले कोरोनाको प्रभाबाट जोगिनको लागि सबैभन्दा पहिले सरकार जिम्मेवार भएर प्रस्तुत हुनुपर्ने बेलामा सरकारी अधिकारीहरुबाटै गैरजिम्मेवारीपूर्ण अभिव्यक्ति आईरहेकोमा समेत आक्रोश पोखे । उनले नेपालमा कोरोनाको संक्रमण देखिएको छैन भनेर सरकार कानमा तेल हालेर बस्ने बेला नभएको उल्लेख गर्दै दायाँबायाँ नसोची तत्काल विद्यालय बन्द गराउनतर्फ सरकारले कदम चाल्नुपर्ने पनि सुझाव दिए ।
    सिम्खडाले प्रश्न गरे,‘के सरकारले सिंग, पखेटा र पुच्छर भएको भाइरस हेर्न खोजेको हो ? भाइरसको त्यस्तो केही हुँदैन् । सरकारले पुच्छर र पखेंटा भएको भाइरस हेर्न खोजेको हो भने सरकार भ्रममा छ । सरकार चाँडोभन्दा चाँडो यो भ्रमबाट मुक्त हुनुपर्छ । र, उसले जिम्मेवारपूर्वक कदम चाल्नुपर्छ ।’ अहिलेको समय घर्किए भोलि यही समय र अवसर आफूहरुले गुमाउन सक्नेतर्फ पनि उनले सरकारको ध्यानाकार्षण गराए ।
    उनले सरकारले आकस्मिक निर्णय गरेर देशभरिका सुरु भएका र अब सुरु हुने सबै परीक्षाहरु स्थगित् गर्नुपर्ने पनि तर्क गरे । उनले भने,‘सरकारले सबै परीक्षाहरु स्थगित् नगरे देशमा भयावय स्थिति समेत सिर्जना गर्छ भन्नेपनि म यही मञ्चबाट भन्न चाहन्छु ।’ स्थानीय निकायले आफ्नो क्षमता र गच्छेअनुसार भोलि हुनसक्ने संक्रमणलाई ध्यानमा राखेर ‘क्वारेन्टाईन’ को व्यवस्था गर्नुपर्ने पनि उनले सुझाव दिएका छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु